दमक नगरपालिकाको १२ औ नगर सभा सम्पन्न

दमक/ दमक नगरपालिकाले आज १२ औ नगरसभा सम्पन्न गरेको छ । नगरसभाले नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईद्धारा प्रस्तुत पूरक अनुमानित वजेटसहित विभिन्न विषयगत समितिका प्रतिवेदनहरु पारित गरिएको थियो ।
नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको नगरसभामा न्यायिक समितिकी संयोजक समेत रहेकी नगर उपप्रमुख भट्टराईले न्यायिक , राजस्व परामर्श तथा अनुगमन समितिका गरि तीन वटा प्रतिवेदन प्रस्तुत गरिन् । यस्तै, लेखा समितिका तर्फबाट लेखा संयोजक गोपाल प्रसाद संग्रौला, विद्यायन समितिका तर्फवाट संयोजक लोकबहादुर धिमाल, सुशासन तथा स्थानीय सेवा समितिका तर्फवाट संयोजक नविन बराल,वातावरण समितिका तर्फवाट संयोजक टेकबहादुर थापाले आ–आफना विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरि , पूर्वाधार समितिका तर्फवाट संयोजक भीम पौडेल, आर्थिक विकास समितिका तर्फबाट संयोजक इन्द्रबहादुर गुरुङ र सामाजिक विकास समितिका तर्फवाट संयोजक शारदा सापकोटाले आ-आफना विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
ती सवै प्रस्तुत प्रतिवेदन नगरसभाले अनुमोदन गरेको थियो । नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शसी राई, वडाअध्यक्ष, नगरसभा सदस्यहरु, विषयगत शाखाका प्रमुखहरु, कर्मचारीहरु,विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रमुखहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।नगर प्रमुख थापाले नगर सभामा प्रस्तुत गरिने कार्यसूचिका बारे जानकारी गराएका थिए ।

