पैसा जम्मा गरेपछिमात्रै भर्ना हुन पाईन्छ भन्ने भ्रमको पछि नलाग्न अभिभावकलाई जनता मावि इटहरीको आग्रह

इटहरी / इटहरी स्थित जनता माध्यमिक विद्यालयले बैंक खातामा रकम जम्मा गरेपछि मात्रै विद्यालयले विद्यार्थी भर्ना गराउँछ भन्ने भ्रम बिभिन्न तारिकाले आएको प्रति गम्भिर ध्यानाकर्षण जनाएको छ । यस्तो भ्रमपूर्ण समाचार र हल्लाको पछि नलाग्न जनता माविले सम्पूर्ण अभिभावक लैआग्रह गरेकोे छ । जनता माविले हिजो एक सूचना  प्रकाशन गरी बैंकमा पैसा जम्मा गरेपछि मात्रै भर्ना हुन पाउने भन्ने कुरा गलत भएको र अभिभावकहरुमा त्यस्तो बुझाइ रहेको भए त्यो सत्य नभएको जनाएको छ ।

इटहरी उपमहानगरपालिका स्थित जनता माध्यमिक विद्यालय नेपाल सरकारले घोषणा गरेका देशकै उत्कृष्ट नमूना विद्यालयहरु मध्ये एक हो । प्रत्येक बर्ष सैशिकसत्र सुरु भए सँगै यो विद्यालयमा भर्ना हुन आउने विद्यार्थीहरुको भिड लाग्ने गरेकोे छ । नेपाली र अंग्रेजी दुवै माध्यममा पढाई हुने भएकाले प्रत्येक बर्ष आसपासका निजी विद्यालयहरु बाट धेरै विद्यार्थीहरु भर्नाका लागि आउने गरेका छन । जनता माविले प्रत्येक बर्ष निरन्तर उत्कृष्ट नतिजा पनि दिदै आएको छ । उत्कृस्ट नतिजा , सुविधासम्पन्न भौतिक पुर्वाधार, अनुभबि शिक्षक, पारिवारिक वातावरण र कुशल नेतृत्व भएका कारण पछिल्ला बर्षहरुमा अभिभावकहरुको आकर्षण बढ्दै गएको छ ।

विद्यालयले बिहीबार एक सुचना जारी गरी अविभावकहरुले बैक खातामा रकम जम्मा गरेको बुझीएकोले त्यो नगर्न र नगराउन समेत आग्रह गरेको छ । सूचनामा विद्यालयले शैक्षिक सत्र २०७७ का लागी प्रवेश परीक्षाको फारम भरेका विद्यार्थीहरुको कोरोना महामारीबाट बच्न नेपाल सरकारले गरेको लकडाउनका कारण प्रवेश परीक्षा संञ्चनलन गरी छनौट गर्न नसकिएको जनाउदै यो बर्ष प्रवेश परीक्षा नलिनेसमेत विद्यालयले जानकारी दिएको छ ।

गत बर्ष १५ सय विद्यार्थीहरुले आवेदन दिए पनि सबैले अध्ययनको अवसर नपाएकाले यो बर्ष पैसा अगाडी बुझाए पछी अध्ययनको अवसर पाइने भन्ने हल्लाका कारण भ्रममा परेर अभिभावकहरुले स्वच्छिक रकम बैक खातामा जम्मा गरेकोे बूझिएको छ । यो संकटको बेला कूनैपनि अभिभावकहरुले उक्त रकम जम्मा नगर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङगालले आग्रह समेत गरेका छन । ‘हामीले कोही अभिभावकहरुलाई पैसा जम्मा गर्न भनेका छैनौं । पहिले पैसा जम्मा गर्नेले नानीहरुलाई पढाउन पाइने आशाले केही अभिभावकहरुले गर्नु भएको रहेछ ।’–अध्यक्ष दङगालले भने । यो संकटको बेला भर्ना लिने र अभिभावकसँग कुनै शुल्क पनि लिने कुनै योजना विद्यालयको नरहेको अध्यक्ष दङगालले बताए ।

यसपटक भने कोरोनाका कारण प्रवेश परिक्षा नलिने बरु आवेदन दिने सबैलाई लकडाउन खुलेपछि भर्ना लिने जनाउँदै विद्यालयले अविभावकहरुलाई भर्नाका लागि हतार नगर्न समेत आग्रह गरेको छ ।विद्यालयलाई सहयोग गर्नेलाई प्राथमिकतामा राखि भर्ना गर्ने भन्ने किसिमको सूचना फैलिए पछि ७० जना अविभावकहरुले मंगलबार विद्यालयलाई बैंकमार्फत सहयोग जम्मा गरेका थिए । तर स्कूल प्रशासनले भने लकडाउन खुलेपछि सबैको भर्ना हुने जनाउँदै अविभावकहरुलाई हतार नगर्न र नआत्तिन अनुरोध गरेको छ ।

शुक्रबार, ०२ जेठ, २०७७, साँझको ०६:१० बजे

सम्बन्धित खवर