पूर्व माओवादीहरुसंगको एकतामा प्रचण्डको जोड

२०७८ जेष्ठ १, दमक/ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धले स्थापित गरेका परिवर्तनका पक्षधर पूर्वमाओवादी पार्टीहरुविच एकताको पहल आवश्यक रहेको बताएका छन् । युवाहरुसँगको भर्चुअल बैठकमा सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शनिबार बिहान पार्टीको युवा संगठन वाइसिएल नेपालका नेताहरुसंग पछिल्लो राजनीतिक घटनाक्रमबारे भर्चुअल बैठक मार्फत छलफल गरेको सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्डले पार्टीको सांगठनिक स्वरुप तथा नयाँ संगठनात्मक कार्यविधिमा समावेश गर्न लागिएका कतिपय बिषयहरुमा वाइसिएल नेताहरुसंग गहन छलफल गरेर सुझाव समेत लिएका उनको सचिवालयले जनाएको छ ।
पार्टीमा २० प्रतिशत युवा र ३५ महिलाको सहभागिता अनिवार्य गर्ने लगायतका संगठनात्मक कार्यविधि निर्माणसंग सम्बन्धित विबिध बिषयमा भर्चुअल माध्यमबाट आवश्यक राय सुझाव दिनेसंगै पार्टीको निर्देशनात्मक प्रशिक्षण सञ्चालन भएको वाइसिएल प्रदेश नं १ का संयोजक कर्म पूलामीले बताए ।

पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा युवाहरुको भुमिका आदिका बिषयमा अध्यक्ष ज्यूबाट विस्तृत जानकारीसहित निर्देशनहरु भएका छन– भर्चुअल बैठकपछि संयोजक पूलामीले भने । त्यस अवसरमा युवाहरुले अध्यक्ष प्रचण्डलाई पार्टी संगठन चलायमान बनाउन साविकका सबै माओवादी नेता, कार्यकर्ताहरुबीच सांगठनिक एकता र सहकार्य अघि बढाउन सुझाव दिएका पनि संयोजक पुलामीले बताए ।

 

शनिबार, ०१ जेठ, २०७८, दिउँसोको ०२:३७ बजे

सम्बन्धित खवर