दुईतिहाइ बहुमत हुँदा उहाँहरूको सोच्ने शैली र काम गर्ने व्यवहार पुरानै ढाँचा = डा. बाबुराम

संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति, नेपालबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएको छ । तीन वर्षअघि तत्कालीन नेकपा माओवादी केन्द्र परित्याग गरेर नयाँ शक्ति गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीनै तहको चुनावमा सोचेअनुरुपको परिणाम निकाल्न सकेनन् । त्यसपछि उनको पार्टीमा ‘स्खलन’ शुरु भयो । उनीसँगै नयाँ शक्तिमा गएका केही नेता पुरानै पार्टीमा फर्किए, केही नयाँतिर गए । त्यसपछि डा. भट्टराई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकताको निश्कर्षमा पुग्यो ।

एकतापछि गठित समाजवादी पार्टीले अरुसँग पनि एकताका लागि वार्ता समितिमार्फत् छलफल अघि बढाएको छ । यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँगको कुराकानी –

 

संघीय समाजवादी फोरमसँग एकताको आवश्यकता किन प¥यो ?
संविधान जारी भएपछि पुराना राजनीतिक शक्तिहरूको पुरानै ढंगले ध्रुवीकरण भयो । कांग्रेस त पहिलेदेखि नै ‘कम्पास बिनाको जहाज’ जस्तो घुमिरहेको छ । एमालेमा पनि नयाँ ऊर्जा थिएन । माओवादी भित्र प्रचण्ड नेतृत्वको एउटा ठूलो तप्का फेरि पछाडि फर्किएर त्यहीँ मिसिएपछि नेपालको राजनीति २०५२ सालभन्दा अगाडिको कांग्रेस र एमालेको जस्तो दुईटा ध्रुवमा बाँडिएको छ । त्यसको विकल्पमा २०५२ सालपछिका परिवर्तनका मुद्दा बोक्ने शक्तिहरूको पनि नयाँ ढंगले ध्रुवीकरण हुनुपर्छ, नयाँ वैकल्पिक शक्ति बन्नुपर्छ भनेर हामी अघि बढेकै थियौं । र, त्यही क्रममा अहिले नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच

एकता भएर हामीले समाजावदी पार्टी, नेपाल बनाएका छौँ। यो शुरुवात मात्रै हो । यसपछि हामी २०५२ सालपछिका अग्रगामी एजेण्डा बोक्ने सबै शक्तिसँग ध्रुवीकरण गरेर देशलाई दरिलो विकल्प दिन चाहन्छौं ।
नयाँ शक्तिलाई सुरक्षित अवतरणको विकल्प दिन खोज्दै गर्दा एकता भयो भन्ने टिप्पणी छ नि ?
नकारात्मक सोच राख्ने र षड्यन्त्रको सिद्धान्तलाई मान्नेहरूको त जवाफ दिएर साध्य हुँदैन । हिजो हामी संविधानसभा, गणतन्त्र र धर्मनिरपेक्षताका निम्ति लड्दा पनि मान्छेलाई त्यो स्वीकार्य थिएन। एउटा शक्ति आर्जित भइसकेपछि बल्ल मान्छे स्वीकार्न बाध्य भए। वैकल्पिक राजनीति पनि पिछडिएको चेतनाले बुझ्न अलिकति समय लिन्छ। तर हामी के स्पष्ट छौं भने, देशमा संघीयता, सुशासन, समृद्धि र समाजवाद चार तत्वलाई एउटा आधार तत्व मान्ने शक्तिहरूको ध्रुवीकरणले देशलाई अग्रगामी परिवर्तनको दिशामा लान्छ। त्यो हामी निर्माण गर्छौँ । २०५२ सालपछिका अग्रगामी एजेण्डा बोक्ने सबै शक्तिसँग ध्रुवीकरण गरेर देशलाई दरिलो विकल्प दिन चाहन्छौं ।
तपाईं त सत्तारुढ नेकपामा जाने चर्चा पनि थियो ?
यो गलत कुरा हो । हामीले रुपान्तरणसहितको एकता भनिराखेका छौँ । त्यतिबेला पनि समाजवादी पार्टीमा रुपान्तरण गरौं भनेर हामीले कुराकानी गरेका हौं । आन्तरिक रुपमा उहाँहरू सहमत हुनुहुन्थ्यो, पछि मान्नुभएन। त्यसैले हामी त्यहाँ गएनौं । तर पुरानो ढंगको कम्युनिस्ट पार्टीले अहिलेको विश्वमा काम गर्दैन । त्यसैले कम्युनिस्ट पार्टीमा फर्किने होइन, कम्युनिष्ट पार्टी समाजवादी पार्टीमा रुपान्तरण गर्नुर्पयो ।

प्रचण्ड–बाबुराम फेरि एउटै पार्टीमा हुन सक्ने सम्भावना सकिएकै हो त?
त्यो त वैचारिक राजनीतिक रूपमा रुपान्तरण भएपछि हुन सकिन्छ । व्यक्तिगत दुष्मनी त हाम्रो होइन नि। त्यसकारण नयाँ विचार, नयाँ नीति र कार्यक्रम स्वीकारेर उहाँहरू पुरानो कम्युनिस्ट पार्टीलाई नयाँ ढंगले रुपान्तरण गर्न र समाजवादी पार्टी निर्माण गर्न तयार हुनुभो भने मिल्न सकिन्छ । तर तत्काल त्यो सम्भावना देखिँदैन ।

एकताबारे केन्द्रीय समितिमा छलफल नै भएन भन्ने असन्तुष्टिका स्वर पनि सुनिए त?
यो गलत कुरा हो। कोही मान्छे सन्किएर ‘सोसल मिडिया’मा एकथोक लेखिदिन्छ, प्रचारबाजी गर्छ, त्यो सत्य होइन । हामी एकढिक्का भएर अघि बढेका छौँ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ठूलो आशाको सञ्चार गरेको छ ।
तीन वर्षअघि टुँडिखेलमा नयाँ शक्ति घोषणा गर्दैगर्दा र अहिलेको एकतापछि पार्टी भंग भएको घोषणा गर्दा तपाईंको अनुभूति कस्तो रह्यो ?
यो विघटन भन्ने कुरै गलत हो । नयाँ शक्ति निर्माणको बेलामा जतिबेला मैले नेपाल साप्ताहिकमा नयाँ शक्तिको आवश्यकता भनेर बहस सुरु गरेँ, त्यतिबेलै नयाँ शक्ति हुने तीनवटा बाटा हुन्छन् भनिसकेको छुँ । एउटा पुराना शक्ति रुपान्तरण हुनुपर्छ, सहज बाटो तर यो सम्भव देखिएन । दोस्रो बाटो विभिन्न पुराना शक्तिभित्रका अग्रगामी शक्ति निस्किएर अर्को शक्ति बनाउन सक्छन् भन्ने हो । तेस्रोचाहिँ सबै छरिएर रहेका र विल्कुल नयाँ मान्छेहरू मिलेर बन्न सक्छन् भनेर तीनवटा बाटाको कुरा गरेको थिएँ। त्यही क्रममा हामी अघि बढेका छौं । मान्छेले के बिर्सनुहुँदैन भने मधेस आन्दोलनका क्रममा मधेसी जनाधिकार फोरम बन्यो । संघीयता लगायतका परिवर्तनका मुद्दालाई एमालेले छोडेपछि त्यसबाट विद्रोह गरेर संघीय समाजवादी पार्टी अशोक राईको नेतृत्वमा त्यहाँबाट बाहिरियो । यसरी हेर्दा नयाँ शक्ति पार्टी नेपाल, एमालेभित्र अशोक राईले नेतृत्व गर्ने परिवर्तनकारी शक्ति, मधेस आन्दोलनको उपज उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम यी त अग्रगामी शक्ति हुन् । त्यसैले यिनीहरूबीचको ध्रवीकरण त प्राकृतिक हो। त्यसैले हाम्रो एकतामा शंका गर्नुपर्ने कुनै पनि ठाउँ छैन ।

नयाँ शक्ति निर्माणको अभियानमा नयाँ शक्तिसँग मात्रै कि पुराना शक्तिसँग पनि एकताको छलफल हुन सक्छ ?
नयाँ र पुराना मान्छेको कुरा होइन, मुद्दा नयाँ हुनुर्पयो । एउटा त राज्यको पुनर्संरचनाको मुद्दा बाँकी छ । नेपालजस्तो बहुजातीय, बहुभाषिक विविधतायुक्त मुलुकमा हामी संघीयतामा गएका छौं । यो अपूर्ण छ । मैले संविधान जारी भएदेखि नै भन्दै आएको छु । त्यसैले संघीयतालाई पूर्णता दिन चाहने शक्ति र नेपालको खिचडी प्रकारको संसदीय व्यवस्था परिवर्तन गरी यसलाई प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा लानुपर्छ । पूर्णसमानुपातिक संसदीय व्यवस्थालगायतका विषयलाई लिएर जसरी हामी अगाडि बढिराख्या छौं, यी नै नयाँ शक्तिका आधारभूत तत्व हुन्। र, यसलाई मान्ने शक्तिहरू विभिन्न पार्टी भित्रबाट निस्कन सक्छन्। तर तुरुन्तै चाहिँ हामी अगुवा शक्तिहरूको एकता कायम गरेर भरपर्दो शक्ति बनाउँछौं। अनि क्रमशः अरु शक्तिहरू पनि आएर ध्रुवीकृत हुन्छन् भन्ने हाम्रो विश्वास छ ।
अगुवा शक्ति साँच्चै अगुवा हो कि स –साना झुण्डहरूको एकता हो ?
होइन अगुवा शक्ति त सानै हुन्छ नि । जन्मँदा बच्चा कहाँ ठूलो हुन्छ त । ठूलो टाउको भएको बच्चा जन्मियो भने त रोगी हुन्छ । त्यसैले आकारमा सानो हुन्छ, विचारमा ठूलो हुन्छ र बढ्दै गइसकेपछि त्यसले भौतिक आकार पनि ठूलो ग्रहण गर्छ । अनि विभिन्न ठाउँबाट मानिसहरू आकर्षित भएर चुम्बकीय केन्द्रतिर आउँछन् । तपाईंले नयाँ शक्ति पार्टी घोषणा गरेपछि पनि यस्तै भन्नुभएको थियो ।
तर चुनावसम्म आउँदा त हविगत देखियो नि ?
दुई वर्षको बच्चा २० वर्षको पहलमानसँग लड्न सकेन भनेर हुन्छ ? हामीले विचार जुन ढंगले स्थापित र्गयौँ, अहिले सत्तामा भएका मान्छेले हाम्रै नारा अघि सारिरहेका छन् । हामीले ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्यौ । अहिले सरकार ‘विकास सम्भव छ हाम्रै पालामा’ भनिरहेको छ । हामीले ‘अबको निकास आर्थिक विकास’ र समृद्धिको जुन कुरा गरेका थियौं, अहिले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाएको छ ।

समृद्ध शब्द पहिला कसले प्रयोग गथ्र्यो र ?
शब्दकोषमा खोज्नुपथ्र्यो। त्यसो भएको हुनाले हामीले एजेण्डामा देशलाई र्डोयाएकै थियौं । अब हामी भौतिक शक्ति आर्जन गर्छौं । अन्ततः देश हामीले भनेको दिशामा जान्छ । ७ प्रदेश बिना आधारको बन्यो । त्यसले गर्दा पनि पुरानै पञ्चायतकालको अञ्चल र विकास क्षेत्रजस्तो भन्ने मान्छेको अवधारणा छ । बुझाईमा एकरुपता छैन ।

यति हुँदाहुँदै पनि तपाईंलाई अति विश्वास गर्ने र साथ दिने एउटा पंक्तिले त छोड्दै गयो नि ?
धेरै शक्ति जोडिएका छन्, छोडेको त कोही पनि मान्दिन। रुख हुर्कने क्रममा पुराना केही बोक्रा पात खस्छान, नयाँ पलाउँछन्, यो स्वभाविक प्रक्रिया हो ।

पञ्चायतकालमा लड्दा कतिजना थिए बाबुराम भट्टराईसँग ?
जनयुद्ध थाल्दाको संयुक्त जनमोर्चासँग को थियो बाबुराम भट्टराईसँग? सय डेढसय मान्छे लिएर गणतन्त्रका नारा लाउँदै हिँड्दा हामीलाई मुर्ख र पागल भन्थे। त्यसकारण अहिले हामीले फेरि संघीयता, सुशासन, समृद्धि र समाजवादको नयाँ नारा लिएर अघि बढेका छौँ । यसमा पनि मानिसहरू गोलबद्ध हुन्छन् ढुक्क भए हुन्छ । एकतापछि फेरि ११ प्रदेशको कुरा उठाउनुभएको छ । सातै प्रदेशबाट नागरिक आजित छन्, किन चाहियो ११ प्रदेश? यो फेरि तपाईं गलत बुझिराख्नुभा’छ । हामीले शुरु देखि नै यो कुरा भन्दै आएका छौँ, उठाउँदै आएका छौँ ।

तर बीचमा त सेलाउनुभएको थियो नि?

कहिले पनि सेलाएको छैन, उठिरहेकै छ, हामी पनि सेलाएका छैनौँ । यो मुद्दा सधैं उठिराख्छ । जतिबेलासम्म ज्वालामुखीलाई तपाईंले स्याउलाले छोपेर राख्नुहुन्छ, त्यतिबेलासम्म ज्वालामुखी निस्किराख्छ । नेपालको जुन बहुभाषिक बहुजातीय चरित्र छ, त्यसको सम्बोधन गर्ने गरी संघीयताको प्रबर्धन गरिएन भने उत्पीडनमा परेका जनताले त कुनै कुनै ढंगले आवाज उठाइराख्छन् । संविधान जारी भएदेखि नै ‘आधा गिलास भरी र आधा गिलास खाली’ मैले यही विषयलाई भनेको थिएँ । ‘१० प्लस एक’ बाबुराम भट्टराईले भनेको होइन। संविधानसभाको राज्य पुनर्संरचना समिति र राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदनका आधारमा नेपालको राज्य पुनर्संरचना गर्ने त्यो मोडेल हो ।
संघीयताको जुन अहिले अभ्यास गरिरहेका छौँ, यस्तै हो त ?
होइन । एउटा कुरो त ७ प्रदेश बिना आधारको बन्यो । त्यसले गर्दा पनि पुरानै पञ्चायतकालको अञ्चल र विकास क्षेत्रजस्तो भन्ने मान्छेको अवधारणा छ। बुझाईमा एकरुपता छैन। दोस्रो कुरो संविधानले जे अधिकार दिएको हो, त्यो अधिकार पनि प्रदेश र स्थानीय तहबाट बिस्तारै खोस्ने प्रवृत्तिचाहिँ छ। यसले गर्दा संघीयताको ठीक ढंगले कार्यान्वयन भइराखेको छैन। तैपनि चुनाव भएर स्थानीय तहमा जनताले आफ्नो अधिकार बिस्तारै प्रयोग गर्दैछन्। यो अभ्यास बिस्तारै सिक्छन् र ठीक ढंगको संघीयता कार्यान्वयनतिर लाग्छन् । केन्द्रमा बसेका मानिसहरूले यत्रो भ्रष्टाचार गरेर देश टाट पल्टाएका छन् । त्यसलाई विषयान्तर गर्न तल भ्रष्टाचार भयो भन्ने प्रचार गरिएको छ । तल सय हजारका भ्रष्टाचार भए होला । केन्द्रमा अर्ब र खर्बका भ्रष्टाचार भएका छन् । त्यसैले यो संघीयताको दोष होइन । संविधान बन्ने बेला ‘जातीय क्लस्टर’ले गर्दा ११ प्रदेशलाई खासै रुचाएको पाइएन ।

अहिले त्यही जातीय राजनीतिलाई अगाडि बढाउन खोज्नुभयो भन्ने आरोप छ नि ?

एउटा विचित्र के छ भने संघीयता किन भन्ने मान्छेले कुरै बुझेन। अझ बुझ् पचायो भन्छु म त। किनकी संघीयता भनेको देश ठूलो र सानो भएर हुने होइन। जनसंख्या धेरै, भूगोल आकार ठूलो भएर संघीयता हुने होइन। चीन संसारको सबैभन्दा धेरै जनसंख्या र संसारको दोस्रो ठूलो भूगोल भएको देश हो। तर त्यो संघीय होइन किनकी त्यहाँ हाङ जातिकै अत्यधिक बाहुल्यता छ। त्यसैले एकल केन्द्रीय सत्ता छ त्यहाँ । बेल्जियम, स्वीटजरल्याण्ड र नेपालजस्ता साना आकारका देश अत्यन्त बहुजातीय र बहुभाषीक छन् । ती देशमा चाहिँ संघीयता हुन्छ । नेपालमा त्यो विविधता छ। हाम्रो संविधान र राष्ट्रगान सबैले स्वीकारेका छन् । त्यसैले यहाँ संघीयता चाहिन्छ ।

तर संघीयता कार्यान्वयनमा गइरहँदा आमनागरिकमा वितृष्णा पैदा भइरहेको छ । यो कुरालाई मान्नुहुन्छ ?
सबैभन्दा ठूलो वितृष्णा त केन्द्रमा छ । भ्रष्टाचारको रुप हेर्नुस् । अर्बौंअर्बौंका काण्ड कसले गरिराखेको छ ? एनसेल काण्ड, बूढीगण्डकी काण्ड, ललिता निवास जग्गा प्रकरण यी सबै स्थानीय तहले गरेको हो? त्यसकारण केन्द्रमा बसेका मानिसहरूले यत्रो भ्रष्टाचार गरेर देश टाट पल्टाएका छन् । त्यसलाई विषयान्तर गर्न तल भ्रष्टाचार भयो भन्ने प्रचार गरिएको छ। तल सय(हजारका भ्रष्टाचार भए होला । केन्द्रमा अर्ब र खर्बका भ्रष्टाचार भएका छन्। त्यसैले यो संघीयताको दोष होइन । पार्टी एकतापछि प्राविधिक हिसाबले तपाईं पनि सत्तापक्ष हुनुभयो ।

सरकारको कार्यशैलीप्रति तपाईंको टिप्पणी के छ ?
पहिलो त हामी सरकारमा छैनौं । हाम्रो एउटा घटक सरकारमा थियो। हाम्रो एकताको प्रक्रिया पूरा भइसकेको छैन । म संसदमा अहिले पनि प्रतिपक्षकै बेञ्चमा छु। दोस्रो कुरा सरकारले जनअपेक्षा अनुसार कामै गर्न सकेको छैन। दुईतिहाइ बहुमत हुँदा उहाँहरूको सोच्ने शैली र काम गर्ने व्यवहार पुरानै ढाँचाको भएकाले काम गर्न सकेन सरकारले। लोकतान्त्रिक ढंगले निर्वा्चित भएर त जानुभो, तर चिन्तन र शैली चाहिँ स्टालिनको पालाको अत्यन्तै केन्द्रीकृत र एकमनावादी छ । त्यो कारणले गर्दा ठेकेदार र कमिशन खोरहरू सरकारको वरिपरि घुमेर ठूलो नोकरशाही संयन्त्र निर्माण गरिरहेका छन्। यहाँनेर उहाँहरू अल्मलिनुभो। यसलाई आँट गरेर उहाँहरूले सुधार गर्न सक्नुपथ्र्यो । यसैले गर्दा विकास खर्च गर्ने र देशमा सुशासन कायम हुन सकेको छैन ।

बुधबार, ०१ जेठ, २०७६, दिउँसोको १२:५३ बजे

सम्बन्धित खवर