प्रदेश १ सरकारको बजेटका प्राथमिकतामा के के परे ?

दमक, १ असार/  प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दैछ ।  प्रदेश १ सरकारले स्वास्थ्य, शिक्षा, रोजगार, सामाजिक सुरक्षा र भौतिक पूर्वाधारलाई जोड दिएको छ । प्रदेश एकले प्रदेशमा रहेका सबै जिल्ला अस्पताल स्तरोन्नति गर्ने भएको छ ।

प्रदेशको नीतिमा प्रदेशका सबै नागरिकलाई खोप, डिजिटल स्वास्थ्य सेवा लागू गर्ने, झापाको भद्रपुरको मेची अस्पताललाई दुई सय, धनकुटा र पाँचथरको जिल्ला अस्पताललाई एक सय र अरू सबै जिल्ला अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्ने समावेश गरिएको छ ।

प्रदेशको अर्को प्राथमिकतामा किराँत धर्म संस्कृतिसँग जोडिएको खुवालुङ ढुङेगोलाई नहटाउने पनि रहेको छ ।

यसैगरि प्रदेशले पर्यटन र कृषिलाई पनि प्राथमिकतामा राखेको छ ।  भौतिक पूर्वाधार र बन संरक्षण पनि प्रदेशको प्राथमिकताका विषयमा नै समेटिएको छ ।

 

मङ्गलबार, ०१ असार, २०७८, बिहानको १०:२६ बजे

सम्बन्धित खवर