मिक्लाजुङमा कोराना संक्रमणदर उच्च : अत्यावश्यक बाहेकका सबै सेवा बन्द

बैकल्पिक खवर

देशभरमै कोरना भाइरस कोभिड १९ को दोस्रोलहर घटीरहँदा मोरङको मिक्लाजुङ गाउँपालिकामा भने संक्रमण दर उच्च देखीएको छ । हिजो एउटा वाडमा गरिएको परिक्षणको नतिजालाई हेर्दा मिक्लाजुङमा संक्रमण दर उच्च रहेको देखिएको हो ।

सोमबार मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा १४ जनाको एन्टीजोन बिधीबाट परिक्षण गर्दा ११ जनामा पोेजेटिभ देखीएको मिक्लाजुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चिन्तामणी पोख्रलले बताए । यो संक्रमणको दर करिब ८० पतिशत हाराहारी हो । यस प्रकारको संक्रमणले समुदायमा भयाबह रुप लिन सक्ने पोख्रेलले बताए ।                                                                                 

पछिल्लो समय कोरोना परिक्षण गर्न नागरिकहरु आउन छोडेकाले गर्दा समुदायमा कोरोना संक्रमीतको संख्या यकिन गर्न कठिन भएको पोख्रेलले बताए । सार्वजनीक रुपमा एन्टीजोन परिक्षणका लागि बोलाउँदा समेत न्युन संख्यामा मात्र नागरिक उपस्थित हुनुले समुदायमा कोरोना भाइरसको सक्रमण उच्च रहेको अनुमान पोख्रेलको छ ।             

यस्तै यस अघिको परिक्षणमा मिक्लाजुङको वडा नं. ४ मा सबै भन्दा बढी संक्रमीत भेटीएका थिए भने वडा नं. ६ मा पनी संक्रमीतको संख्या उच्च नै रहेको थियो ।हाल सम्म गरिएका परिक्षणलाई आधार मान्ने हो भने वडा नं. ८ मा सबै भन्दा बढी संक्रमण पुष्टि भएको छ । यस्तै मिक्लाजुङ वडा नं. २ , ३ र ७ मा तुलनात्मक रूपमा कम संक्रमण देखिएको छ । हालसम्म यी वडाहरुमा एक / एक जनामा संक्रमण पुष्टि भएको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा संक्रमणको दर उच्च भेटीए संगै मिक्लाजुङ गाउँपालिका वडा नं. ८ वडाध्यक्ष नविन कार्कीले वडा नं. ८ बासीहरुलाई अत्यावस्यक काम नपरि घर बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य मापदण्डहरु पालना गरेर मात्र अनुरोध गरेक छन । साथै वडा बासिहरुमा स्वास्थ्य सम्बन्धी कुनै समस्या देखीए तत्काल वडा सदस्यहरु वा वडाध्यक्ष स्वयमलाई सम्पर्क गर्न समेत अपिल गरेकाछन । एक घर बाट अर्को घरमा समेत भरसक आवत जावत नगर्न र गर्नैै परे सामाजीक दुरी कायम गर्दै स्वास्थ्य सर्तकर्ता अपनाएर मात्र आवत जावत गर्न वडाध्यक्ष कार्कीले अनुरोध गरेका हुन । अध्यक्ष कार्कीले वडामा रहेका मानीसहरुको आवत जावत बढी हुने पशल , कुटानी पीसानी मिलहरु समेत केही समय बन्द गर्न अनुरोध गरेका छन ।

यसैबिच मिक्लाजुङ गाउँपालिकाले हिजो एक सुचना जारी गर्दै अत्यावश्यक स्वास्थ सेवा बाहेकका सबै सेवाहरु बन्द गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शशि राईले एक सुचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जानकारी दिएका हुन ।कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै सोमबार सम्मको रेकर्ड अनुसार मिक्लाजुङमा २३० जनमा संक्रमण पुष्टि भएको छ । जसमा २१५ जनाको एन्टीजोन परिक्षण र १५ जनाको पीसिआर बिधीबाट परिक्षण गरिएको थियो । कुल संक्रमीत मध्ये ४ जनाको मृत्यु भएको मिक्लाजुङ गाउँपालिका स्वास्थ शाखाले जनाएको छ । गतबर्ष पहिलो चरणको कोरोना लहरमा तुलनात्मक रूपमा सुरक्षित देखिएको मिक्लाजुङमा यो पटक भने कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेको देखिन्छ ।

मङ्गलबार, ०१ असार, २०७८, बिहानको ११:४९ बजे

सम्बन्धित खवर