दमक नगरपालिका कोरोना अपडेट : संक्रमीत,१५४६,निको ,११४८,मृत्यु ,२३

बैकल्पिक खवर

दमकमा कोरोनाको दोस्रो भेरियन्टयता कोरोना संक्रमित संख्या १ हजार ५४६ पुगेको छ । यो तथ्यांक जेठ मसान्तसम्मको रहेको नगरपालिकाले जनाएको छ ।

यस्तैगरी १ हजार १४८ जना कोरोना संक्रमण मुक्त भई निको भएको नगरपालिकाले जनाएको छ । दमकनगरमा हालसम्म कोरोना महामारीबाट मृत्यु हुनेको संख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

दमकमा कोरोना संक्रमित पुरुष संख्या ७९५ जना र महिलाको संख्या ७५१ जना रहेको छ । दमकमा हाल सक्रिय संक्रमितको संख्या ३७५ रहेको छ । दमकका ४ वटा कोभिड अस्पतालमा ५९ जना सक्रिय संक्रमितहरुको उपचार भइरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

 

मङ्गलबार, ०१ असार, २०७८, दिउँसोको ०१:१७ बजे

सम्बन्धित खवर