झापाको हल्दिवारीमा रक्तदान हुने

झापा,१ असार /   झापाको हल्दीवारीमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।
नेकपा (एमाले) हल्दीबारी गाउँ कमिटीको मिति २०७८/ ०२/२६ गते बसेको विशेष बैठकको सर्कुलर अनुसार राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु हल्दिबारी गाउँकमिटी ले बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।
विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट पीडित व्यक्तिहरुको उपचारमा जिल्लाव्यापी रुपमा रगत अभाव भइरहेको सन्दर्भमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु हल्दीबारी गाउँ कमिटीको नेतृत्वमा आगामी असार १४ गते ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा हल्दीबारी- ४, मंगलवारेमा रक्तदान कार्यक्रम आयोजना गर्ने लागिएको प्रेस विज्ञप्ती मार्फत जानकारी प्राप्त भएको छ ।
उक्त रक्तदान कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु हल्दीबारी गाउँ कमिटीको ७५/ ७५ जना सदस्य ,पदाधिकारी सहित सम्पुर्ण रक्तदाता , अभियान्ता तथा आमसमुदाय सबै लाई रक्तदान गर्ने आह्वान समेत गरिएको छ ।
रक्तदान कार्यक्रम सगै नेकपा एमाले हल्दिबारीले विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट पीडित व्यक्तिहरुको उपचारमा सहयोग सहजीकरण गर्ने , लकडाउनको कारणले रोजगारी गुमाउन बाध्य दैनिक ज्यालादारी गर्ने गरिब, विपन्न परिवारका नागरिकहरुलाई भोकबाट बचाउनका लागि लाभग्राहीहरुको पहिचान गरी खाद्यान्न लगायतका राहत वितरण गर्ने ,बाहिरका अस्पतालहरुमा उपचारका क्रममा केही कठिनाई परेमा आवश्यक सहयोग तथा सहजिकरण का लागि कोरोना संकमित उपचार सहयोग तथा सहजिकरण समिति गठन गरेको छ ।

मङ्गलबार, ०१ असार, २०७८, साँझको ०५:०४ बजे

सम्बन्धित खवर