युवा संघद्धार मधुमल्ला प्रहरीलाई स्वास्थ्य सामग्री वितरण

बैकल्पिक खवर

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मिक्लाजुङ गाउँ कमिटिले आइतबार इलाका प्रहरी कार्यालय मधुमल्ला र प्रहरी कार्यालय टाँडीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
प्रहरी कार्यालयमा भिडभाड भईरहने र संक्रमण बढन सक्ने सम्भावन बढी भएकाले दुबै प्रहरी कार्यालयहरुलाई सेनीटाइज गरीएको युवा संघले जनाएको छ । यस्तै प्रहरी कार्यालयहरुलाई चार–चारसय थान माक्स, साबुन र १० लिटरका दरले सेनीटाइजर वितरण गरेको राष्ट्रिय युवा संघ मिक्लाजुङका अध्यक्ष सन्तोष खम्बुले बताए । इलाका प्रहरी कार्यालय मधुमल्ला लागी स्वास्थ्य सामग्रीहरु नेकपा एमाले मिक्लाजुङ पाटी सचिब नविन कार्कीले हस्तान्तरण गरेका थिए ।
पहिलो चरण्मा युवा संघले मिक्लाजुङमा कोरोना भाइरस संक्रमण बढी फैलीएको क्षेत्रमा मिक्लाजुङ गाउँपालिका वडा नं। ४ र ६ मा संक्रमीतका घरघरमा सेनिटाइज र स्वास्थ्यकर्मी सहित सचेतना कार्यक्रम र माक्स फलफुल वितरण गरिएको मिक्लाजुङ युवा संघ सचिब सुनील माखिमले बताए । यस कार्यक्रमले कोरोना संक्रमीत बिरामीहरुको मनोबल उच्च पार्न समेत सहयोग पुग्ने युवा संघले बिस्वास लिएको छ ।                                           
युवा संघले संक्रमण फैलीएको क्षेत्रमा सेनीटाइज र फलफुल वितरण कार्यक्रम निरन्तर गर्ने बताएको छ । साथै संक्रमण बढी रहेकाले लकडाउनका कारण मिक्लाजुङ क्षेत्रमा यदी कशैलाई खाध्यान्ह अभाब भएको भए युवा संघले स्थलगत पिडितहरुलाई खाध्यान्ह उपलब्ध गराउने समेत राष्ट्रिय युवा संघ मिक्लाजुङका अध्यक्ष सन्तोष खम्बुले बताए ।

मङ्गलबार, ०१ असार, २०७८, साँझको ०५:०६ बजे

सम्बन्धित खवर