जसपाको कार्यकारिणी समितिको बैठक असार ३ गते बस्दै

बैकल्पिक खवर

जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन आयोगको निर्णयपछिको अवस्था लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

अध्यक्ष उपेन्द्र यादवले असार ३ गते बिहीबार बालकुमारीमा बैठक बोलाएका हुन्। बिहीबार दिउँसो साढे ११ बजेको लागि बैठक बोलाएको हो। वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्वपूर्ण निर्णय गर्नको लागि बैठक बोलाइएको जसपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मङ्गलबार, ०१ असार, २०७८, साँझको ०६:४३ बजे

सम्बन्धित खवर