सेजलको बलात्कारपछि हत्या गरिएको दाबी, आरोपित प्रहरी नियन्त्रणमा

दमक, असार १ / 
झापाको दमकमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको दाबीसहित प्रहरीमा किटानी जाहेरी परेको छ । इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले भने –पोस्टमार्टम रिपोर्ट आएको छ, मृतकका परिवारका तर्फबाट पनि किटानी जाहेरी परेको छ । आरोपितलाई हामीले नियन्त्रणमा लिएका छौं ।
उनले आरोपितलाई म्याद थपका लागि असार २ गते बुधबार अदालतमा पेश गर्ने तयारी रहेको पनि जनाए । दमक ५ स्थित एक घरमा डेरा बसेकी सेजल लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो बर्षमा अध्यायनरत थिइन । इलाम मंगलबारेकी सेजल आफनै कोठाको ट्वाइलेटको कम्बोर्टमा बेहोस अवस्थामा भेटिएकी भन्दै साथीहरुले उपचारका लागि लाइफलाइन अस्पतालमा पुर्याएका थिए ।
पीडित परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा सेजलको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै जाहेरी दिएको हो । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा भोजपुर घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई नियन्त्रणमा लिइसकेको जनाइएको छ । अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको भएपनि उनले नस्वीकारेको प्रहरीको भनाई छ ।
प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्मेडमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल र्पुयाइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी प्रारम्भिक जानकारी दिएका थिए ।
आफन्तले भने सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानबिन गर्न प्रहरीमा जाहेरी दिएका छन् । सेजल कोइरालाको बलात्कारपछि हत्या भएको दाबीसहित प्रहरीमा किटानी जाहेरी परेको छ ।

मङ्गलबार, ०१ असार, २०७८, रातीको ०९:३७ बजे

सम्बन्धित खवर