नेपालसँग दाहाल र चन्दको भेटवार्ता

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दले भेटवार्ता गरेका छन्।
बिहीबार बिहान माओवादी अध्यक्ष दाहाल र नेकपा महासचिव चन्द एमाले वरिष्ठ नेता नेपालको निवास कोटेश्वर पुगेका हुन्। चन्द्र नेकपा नेता धर्मेन्द्र बास्तोलासहित कोटेश्वर पुगेका थिए।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ। यससँगै नेकपा महासचिव चन्दले यसअघि सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा नेपाल र दाहालसँग छलफल गरेको जनाइएको छ।

बुधबार पनि चन्दले नेकपा अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए। उनी बास्तोलासहित दाहाल निवास खुमलटार पुगेका थिए। महासचिव चन्दले दाहालसँग पनि यसअघि सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको जनाएका थिए।

आजको भेटमा पनि महासचिव चन्दले सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। उनले जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ता रिहा गर्नुपर्ने विषयमा पहलका लागि नेपालसँग आग्रह गरेका थिए।

बिहिबार, ३१ असार, २०७८, दिउँसोको १२:१३ बजे

सम्बन्धित खवर