एमालेले बोलायो संसदीय दलको बैठक, नेपाल पक्ष बैठकमा नजाने

काठमाडौँ / नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको भट्टराईले बताए ।
सरकार ढाल्न शेरबहादुर देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षका २३ जनासहित सबै सांसदलाई खबर गरिएको उनले बताए ।
नेपाल पक्ष बैठकमा नजाने
बरिष्ठ नेता माधव नेपाल पक्षले भने बैठकमा जनुको औचित्व नरहेको प्रतिक्रिया दिएको छ । ओलीले आफूहरुलाई गलहत्याएको र शत्रुलाई झै ब्यवहार गरेकोले बैठकमा बस्नुको औचित्व समाप्त भइरकेको नेपाल पक्षका नेताहरुले बएका छन् ।

बिहिबार, ३१ असार, २०७८, दिउँसोको ०४:२३ बजे

सम्बन्धित खवर