विप्लव-प्रचण्डभेट – २४ घण्टा नपुग्दै हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

३१ असार, काठमाडौं /  नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेको २४ घण्टा वित्न नपाउँदै हेमन्तप्रकाश वली छुट्ने भएका छन् । हिजो साँझमात्रै विप्लवले प्रचण्डसँग हेमन्त वलीलाई रिहाई गर्न पहलको माग गरेका थिए । सर्वोच्च अदालतले विप्लव समूहका हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

बिहिबार, ३१ असार, २०७८, साँझको ०६:०४ बजे

सम्बन्धित खवर