मोटरसाईकल दुर्घटनामा गिरीको मृत्यु

३० असार, पेल्टिमारी/ युवा संघ नेपाल चुलाचुली गाउँ कमिटि सदस्य नवीन गिरीको मोटरसाईकल दुर्घटनामा परी आज निधन भएको छ।

गिरी सवार मोटरसाईकल गत २७ गते साँझ महेन्द्र राजमार्ग अन्तर्गत झापाको सितापुरी खण्डमा साईकलसंग ठोकिएर दुर्घटना भएको थियो। सो दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेर घाइते भएको गिरीको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार कै क्रममा आज निधन भएको हो।

सो दुर्घटनामा घाईते साइकल चालक महिलाको पनि सोही अस्पतालमा उपचार भईरहेको छ भने सामान्य घाईते मोटरसाइकल चालक धरमपुर निवासी नाम नखुले युवक प्रहरीको निगरानीमा राखिएको कुरा परिवार स्रोतले जानकारी दिएका छन्। जुन युवक दुर्घटना पश्चात फरार रहेका थिए।

३१ वर्षिय गिरीको परिवारमा नाबालक छोरा, श्रीमती र आमा बुवा रहेका छन्। मृतक गिरी परिवारको एक्ला छोरा हुन्।

शुक्रबार, ३१ असार, २०७९, बिहानको ०९:३७ बजे

सम्बन्धित खवर