माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं, ३१ साउन / सत्ता गठबन्धनभित्रको एक दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

बैठक आज विहान ११ बजेदेखि बस्न लागेको हो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

यसअघि शनिवार बसेको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शनिवारको बैठकमा समूहगत छलफलका लागि ८ वटा समूह बनाइएका छन् ।

प्रतिवेदनमा अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव गरेका छन् ।

आइतबार, ३१ साउन, २०७८, बिहानको ०७:३९ बजे

सम्बन्धित खवर