साउने ब्रत आज सकिँदै

 श्रावण ३०/ आज (सोमबार) साउन महिनाको अन्तिम सोमवार । साउन लागेदेखि शिवभक्तहरुले शुरु गरेको शिवको एक महिने ब्रत आज सकिँदैछ ।
देशभरका शिवालयहरूमा आज बिहान दर्शनार्थीहरुको भिड लागेको थियो । कतिपय शिव मन्दिरहरुमा आज सामुहिक रुपमा भेला भएर महिलाहरुले विशेष पूजाआजा गर्ने गर्छन । साँझ पख शिव भजन तथा स्तुतीहरु गाएर यो बर्षको साउने ब्रत पूरा गर्नेछन । साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ ।
आज काठमाण्डौको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, अर्जुनधारा जलेश्वर दमकको पशुपति मन्दिर लगायतका शिवालयहरुमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।
साउनको सोमवारलाई भगवान शिवको प्रिय वार मानिने भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ तथा दान गर्छन् । साउनको सोमवार व्रत बस्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । अघिल्ला दुई वर्ष कोरोनाका कारण अरु चाडपर्वमा जस्तै साउने सोमवारमा पनि पशुपति लगायत मन्दिरहरु बन्द थिए । यसवर्ष सबै ठाउँ खुला भए पनि कोरोनाको जोखिम कायमै भएकाले भिडभाडमा ख्याल गर्न र मास्क लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

सोमबार, ३० साउन, २०७९, बिहानको ११:२० बजे

सम्बन्धित खवर