प्रशासनप्रति विद्यार्थी र अभिभावकको गुनासो

 दमक/ दमकस्थित हिमालय माध्यमिक विद्यालयले बालदिवसको अवसर पारेर कला तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कविता, गायन, ड्रइङ, नृत्य, र बक्तित्व कला गरि ५ विधामा गरिएको कार्यक्रममा नृत्य तर्फ राष्ट्रिय गान, पुलिसमेन र माफिया, सुनकोशी तालैमा, गोदावरी बनैमा, तामाङ सेलो, थारु संस्कृति लगायतका नृत्य प्रश्तुत गरिएको थियो ।
प्रतियोगितामा ड्रइङतर्फ कप्सना तिम्सिना प्रथम, दिपशिखा भूजेल दोस्रो र मोनिका लिम्बू तृतीय भएका छन् । यसैगरि कविता प्रतियोगितामा ईक्सा खनाल प्रथम र प्रिन्सिका भट्टराई दोस्रो भएभने गायन प्रतियोगितामा सन्तोष चौहान प्रथम, श्रृजना सिटौला दोस्रो र निकिता सुवेदी तेस्रो भएका छन् ।
यसैगरि बत्तित्वकला प्रतियोगितामा प्रतिक चौंलागाई प्रथम, स्मारिका भट्टराई दोस्रो, गौरव पौडेल तेस्रो र आविस्कार घिमिरे सान्त्वना भएका छन् । यसैगरि नृत्यतर्फ थारु नृत्य प्रथम, अंशु सिटौला दोस्रो, राष्ट्रिय झण्डा गीत तेस्रो र जुनियर ग्रुप नृत्य सुनकोशी तालैमा सान्त्वना भएको निणायक समितिले जानकारी दिएको छ ।
कार्यक्रम रोयल सुन्दास, दिवश वाग्ले, मुइङ लिम्बू र तपश्या रायले आलोपालो सञ्चालन गरेका थिए । कार्यक्रमस्थलको छनोट समयमा नहुँदा विद्यार्थी र अभिभावक अन्योलमा परेको गुनासो अभिभावकले गरेभने कार्यक्रमलाई ब्यवस्थित गर्न विद्यालय प्रशासनले बेवास्ता गरेको प्रतियोगीहरुको गुनासो रहेको छ । कार्यक्रमस्थलको ब्यवस्थापन हुन नसक्दा ३ पटक स्टेज सार्नुपरेको भन्दै विद्यार्थीले प्रशासनप्रति असन्तुष्टी समेत ब्यक्त गरेका थिए ।

बिहिबार, ३० भदौ, २०७९, बिहानको ०७:१९ बजे

सम्बन्धित खवर