नाका तत्कालै खोल्ने चीनको प्रतिबद्धता

 काठमाडौँ, /  चीनले नेपालसँगका तातोपानी र रसुवागढी नाका तत्कालै खोल्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताको क्रमममा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुले दुवै नाका तत्कालै खुल्ने जानकारी दिएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टिका ढकाललले जानकारी दिए ।

‘महामहिमलाई भेट्न आउनु भन्दा पहिले मैले मेरा देशका अधिकारीसँग कुरा गरेर नाका खोल्ने विषय पक्का गरेको छु, नाका अब तत्कालै खुल्नेछन् ।’ जनकंग्रेसका अध्यक्ष चान्सुले राष्ट्रपति भण्डारीसँग भने । नाका पूर्ण रुपमा खुलेको जानकारी केहि दिनमै नेपालका लागि चीनका राजदूतले दिने पनि चान्सुले राष्ट्रपति भण्डारीलाई बताएका थिए । महामारीका कारण नाका बन्द गर्नुपरेको उल्लेख गर्दै उनले अब महामारीबाट बच्दै नाका पहिलेकै अवस्थामा जस्तै सञ्चालन हुनेमा ढुक्क रहन चान्सुले आग्रह गरेका छन् ।

यस्तै, विश्व परिघटनामा बदलाव आउँदा र धेरै चुनौती थपिँदा पनि नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष चान्सुले नेपाललाई चीन र चिनियाँ नागरिकको उच्च सम्मान रहेको पनि बताएका थिए ।

बिहिबार, ३० भदौ, २०७९, बिहानको ०७:४७ बजे

सम्बन्धित खवर