प्रधानमन्त्रीको शुभकामना सन्देश

कात्तिक ३०, काठमाण्डाै /  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र नागरिककाे सुख प्राप्तिका लागि एकताबद्ध हुन आह्वान गर्नुभएको छ । नेपाल सम्वत् ११४१ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उहाँले एकतामार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताउनुभयो ।

सन्देशमा उहाँले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत देशलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिङ्गो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वानसमेत गर्नुभएको छ ।

आइतबार, ३० कार्तिक, २०७७, बिहानको ०८:३८ बजे

सम्बन्धित खवर