दमक / दमक नगरपालिकाले दमकका दुई जना अशक्तलाई सहायता सामाग्री वितरण गरेको छ ।दमक -१० का पूर्ण अशक्त उदयमान कार्कीलाई इस्टेक्चर र दमक -७ का अशक्त बिक्रम बराललाई एक थान ह्विल चियर वितरण गरिएको नगरपालिकाका सामाजिक शाखाका डम्बर बरालले बताए ।
आज सोमबार द्धय अशक्तको घरैमा पुगेर नगरपालिकाकी उपप्रमुख रेगिना भटटराई लगायतले ती सहयता सामाग्रीहरु हस्तान्तरण गरिन् । कार्कीको रुखबाट लड्दा मेरुदण्ड भाचिएर ओछ्यानमा थलिएका छन् भने बराल ह्विल चियरको सहायताबाट आउजाउ गरिआएका छन् ।
नगरपालिकाले अशक्त व्यक्तिको दैनिक जीवनयापनमा सघाँउ पुरयाँउन ती सहायता सामाग्री प्रदान गरिएको उपप्रमुख भटटराईले बताइन् ।

Facebook Comments Box