प्रदेश एकको उन्नती कार्यक्रम नारामै सिमित, विचौलीयाको विगविगी—किसान मारमा

३० मंसिर, झापा /  प्रदेश एकको उन्नती कार्यक्रम नारामै सिमित भएको गुनासो किसानहरुले गरेका छन् । पूर्वी नेपालका सात जिल्लामा उन्नती समावेशी कार्यक्रम सञ्चालन भएपछि किसान, उद्योगी र बजारीकरणमा सहज हुनुपर्ने हो तर योजना सहि ढंगले कार्यान्वयन नहुँदा किसान विचौलियाबाट बच्न सकेनन् । सन् २०१८ को अन्त्यसम्म सञ्चालित उन्नति समावेशी कार्यक्रमले पूर्वका सात जिल्लाको कृषि क्षेत्रमा एक अर्ब लगानी गरेको थियो ।
पूर्वी नेपालका सात जिल्लामा डेनमार्क सरकारको सहयोगमा कृषि विकास मन्त्रालयले उन्नति समावेशी कार्यक्रम सञ्चालन गरेपछि किसान, उद्योगी र बजारीकरण गर्ने व्यवसायीका लागि सहज भएको थियो, तर अहिले यो फितलो बनेसँगै किसान विचौलियाकै पासोमा पर्न थालेका छन् ।

पूर्वी पहाडमा लगानी धेरै

सन् २०१४ बाट सुरु भएको उक्त कार्यक्रमबाट इलाममा मात्रै चिया क्षेत्रमा ५७, डेरीमा २९, अलैँचीमा १५ र अदुवामा तीनवटा आयोजनामार्फत ४३ करोड ३० लाख रुपियाँ लगानी भएको छ । किसानलाई उत्पादनमा, उद्योगीलाई प्रशोधन, प्रवद्र्धन र व्यवसायीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको पहुँचसम्म पु¥याउन अनुदान दिएपछि पूर्वी नेपालमा कृषिजन्य उद्योग स्थापनाको क्रम गत साल बढेको पाइएको थियो ।
सन् २०१८ को अन्त्यसम्म सञ्चालित उन्नति समावेशी कार्यक्रमले डाइरेक्ट सपोट र उन्नति च्यालेन्ज फण्डमार्फत पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, तेहथुम, धनकुटा, भोजपुर र संखुवासभाको कृषि क्षेत्रमा एक अर्ब अनुदान लगानी गरेको थियो । कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी इलाममा भएको थियो ।
सात जिल्लाका १ सय ५९ आयोजना मध्ये १ सय ४ वटा इलाममा छन् । डेरी क्षेत्रमा उन्नति समावेशी कार्यक्रमबाट इलाममा नौ करोड १३ लाख ६३ हजार ६ सय ४७ रुपियाँँ लगानी भएको छ । डेरी क्षेत्रमा चीज र छुर्पी उत्पादन गर्ने उद्योगका योजना स्वीकृत भई लगानी भएको हो ।
किसानको उत्पादन, विचौलीयाको मोल
किसानले उत्पादन गरेका दुध र दुधबाट बन्ने परिकारमा विचौलीयाको विगविगी छ । यसको प्रत्यक्ष मार उत्पादक किसानलाई नै पर्ने गरेको छ । किसानले उत्पादन गरेको दुधको मुल्य विचौलीयाले तोकिदिने गरेको छ, उसले तोकेको मुल्यमा दुध नदिए विक्रि गर्न नसकिने अवस्था अझैपनि पहाडी ग्रामिण भेगमा कायमै छ । दुधमामात्र नभएर खाद्यान्न देखि आलु, टमटर हुँदै खोर्सानीमा समेत विचौलीयाले राज गरेका छन् । बिचौलियाको सिन्डिकेट बजारदेखि खेतबारीमासमेत सुरु भएको छ ।

इलाममा उन्नतीको लगानी
उन्नती समावेशि कार्याक्रमको कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी इलाममा भएको छ । सात जिल्ला १ सय ५९ आयोजना मध्ये इलाममा १ सय ४ वटा इलाममा रहेको छन् । चिया क्षेत्रमा ५७, अदुवामा ३, डेरी क्षेत्रमा २९ र अलैची क्षेत्रमा १५ वटा योजना कार्यान्वयनको अन्तिम चरणमा छन् । उन्नतीबाट अर्थोडक्स चियामा २९ करोड ८० लाख ३३ हजार ९ सय ३५ बजेट स्वीकृत भएको थियो । यी योजनाको कार्यान्वयन पक्षमा ९० प्रतिशत र आर्थिक प्रगति ७४ प्रतिशत रहेको सामाजिक अर्थ विज्ञ केशव सिलवालले बताए । अर्थोडक्स चिया क्षेत्रका ५७ योजना मध्ये २० उद्योगले ढुवानीका लागि गाडि खरिद गरेका छन् भने ५४ उद्योगको भवन स्तरउन्नती तथा निर्माण गरेका छन् ।
रोलर, हिटर, डायर, सटिङ्ग मेसिनमा ५० प्रतिशत प्रदान गरिने यस कार्यक्रममा ५५ उद्योगले प्रविधि जडान गरेको पाइन्छ । अर्थोडक्स चिया क्षेत्रका १५ वटा उद्योग तथा सहकारीले अर्गानिक चिया उत्पादन र प्रमाणिकरणका लागि काम गरेका छन् भने २ उद्योगले ‘रेन फरेस्ट हार्बेस्ट’ योजना कार्यान्वयनमा छन् ।
डेरी क्षेत्रमा उन्नती समावेशी कार्यक्रमबाट इलाममा ९ करोड १३ लाख ६३ हजार ६ सय ४७ रुपैयाँ लगानी भएको छ । डेरी क्षेत्रमा चीज र छुर्पी उत्पादन गर्ने उद्योगका योजना स्वीकृत भई लगानी भएको हो ।
भवन निर्माणमा २५ र मेसिन औजारमा २८ वटा डेरी उद्योगको योजना स्वीकृत भएको थियो । डेरी उद्योगले प्रविधि अन्तरगत चिलिङ्ग भ्याट, चीज भ्याट र प्रेस मेसिन खरिद गरेका छन् । अदुवा क्षेत्रमा स्वीकृत भएका ३ योजनामा ६० लाख ७२ हजार २ सय ६४ को बजेट स्वीकृत गरेको थियो । जसबाट अदुवा प्रशोधन र गुणस्तरीय उत्पादनका काम भएका छन् ।
इलामको अलैची क्षेत्रमा तीन करोड ७५ लाख ७५ हजार १ सय ३८ रुपैयाँ लगानी भएको छ । १५ उद्योग मार्फत लगानी भएको अलैची क्षेत्रमा १४ वटा उद्योगले नेट हाउस निर्माण, १४ उद्योगले मेसिन औजार खरिद गरि बेर्ना उत्पादन गर्दै आएका छन् ।
इलाममा १६ हजार किसानलाई तालिम
कच्चापदार्थको उत्पादनदेखि बजारीकरणसम्म समेटेर लगानी गरिएको उन्नती च्यालेण्ड फण्ड मार्फत १६ हजार ८ सय ७८ जना किसानले बिषयगत तालिम पाएका छन् । उन्नती समावेशी कार्यालय इलामका अनुसार अलैचीमा ३ हजार १ सय ८०, डेरी क्षेत्रबाट ५ हजार ३ सय ३८, अदुवामा ४ सय ५० र चिया क्षेत्रमा ७ हजार ८ सय ७० किसानले गुणस्तरीय उत्पादनको बारेमा तालिम पाएका छन् ।

मङ्गलबार, ३० मंसिर, २०७७, बिहानको ११:०८ बजे

सम्बन्धित खवर