सहुलियत कर्जाका लागि बेलबारी नगरपालिका र राष्ट्रिय बाणिज्य बैंक बिच सम्झौता

बैकल्पिक खवर

बेलबारी / बेलबारी नगरपालिकाले बेरोजगार र उद्यमीबन्न इच्छुक नगरबासीहरुलाई लक्षितगर्दै ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा प्रदानगर्ने भएको छ ।                                                                                                    गत आइतबार बेलबारी नगरपालिका र राष्ट्रिय वाणिज्य बैँकबिच सहुलियतपूर्ण कर्जाको लागि ब्याजअनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ (संशोधन सहित ) कार्यान्वयनको लागि सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौँ स्थित राष्ट्रिय वाणिज्य बैँकको केन्द्रियकार्यालयमा एक कार्यक्रमका बिच बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र बैँकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । राष्ट्रिय वाणिज्य बैँकले प्रदेश नं १ कै पहिलोपटक बेलबारीसंग सो सहकार्य गरेको हो ।

उद्यमशिल सोच र व्यवसायिक आइडिया भएका नगरबासीले बिनाकुनै धितो ५ लाख रुपैयाँ सम्मको कर्जा प्राप्तगर्ने छन् भने नागरिकले २ प्रतिशतमात्रै ब्याज तिर्नुपर्ने छ । बाँकी ब्याज भने नगरपालिका आफैँले तिर्ने भएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख सुवेदीले यस खालको कार्यक्रमले नागरिकहरुलाई व्यवसायिकतातर्फ अघि बढ्न प्रेरित गर्ने र नगरकै समृद्धिको आधार बन्न सक्ने अपेक्षा सहित कार्यक्रम शुरु गरिएको बताउनुभयो । यस्तै राष्ट्रिय वाणिज्य बैँकका सिइओ श्रेष्ठले बेलबारी जस्तै अरु सबै स्थानियतहसंग पनि सहकार्य गर्न चाहेको उल्लेख गर्नुभयो ।
नगरपालिकाभित्र रहेका केही व्यवसाय वा उद्यम संचालनगर्न चाहेका, व्यवसायिक आइडिया पनिभएका तर लगानीगर्न सक्ने आर्थिक हैसियत नभएका नागरिकहरुलाई स्वरोजगार र उद्यमशिलतातर्फ उन्मुख गराउँदै सबल र सफल जिवनयापनको आधार तय गर्ने लक्ष्य सहित नगरपालिकाले सो महत्वपुर्ण कार्यक्रम अघि सारेको हो

मङ्गलबार, ३० मंसिर, २०७७, दिउँसोको ०२:२० बजे

सम्बन्धित खवर