भिन्न भिन्न घट्नामा २ को मृत्यु ११

मोरङको सुन्दर-हरैचा नगरपालिका-१० किस्तीपुल स्थित पूर्ब पश्चिम राजमार्गमा कन्टेनरमा अटो ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका सवा ९ बजेको समयमा पूर्बबाट पश्चिम तर्फ जादै गरेको को२ ह।२४०७ नम्बरको अटोको टायर पम्चर भई अनियन्त्रित हुदा रोकेर राखेको ना.५ ख५६०१ नम्बरको कन्टेनरको पछाडी ठक्कर खएर दुर्घट्ना भएको थियो । दुर्घटनामा परेर सोही नगरपालिका-९ बस्ने बर्ष-४० को दिपक संकर, सोही नगरपालिका-८ बस्ने बर्ष-२० को लक्ष्मण उराउ र बर्ष-२६ को किरण माझी घाईते भई उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा दिपक संकरको बाटैमा मृत्यु भएको थियो । अटो, कन्टेनर र कन्टेनर चालक जिल्ला दोलखा भिमेश्वर नगरपालिका-९ बस्ने बर्ष-३२ शिबहरी बस्नेतलाई प्रहरी चौकी बिराटचौकले नियन्त्रणमा लिएको छ ।

कुटपिटबाट १ जनाको मृत्यु

सोलुखुम्बुको माप्यदुधकोशि गाउपालिका-३ दाम्कु भन्ने स्थानमा कुटपिटबाट १ जनाको मृत्यु भएको छ । गत २५ गते स्थानीय कर्ण बहादुर कार्कि को बिबाहघरमा गएका सोही गाऊपालिका-२ बस्ने बर्ष १८ को पबिधन राईलाई सोही गाउपालिका-३ बस्ने बर्ष २७ को डाकमान कार्कि समेत अन्य १०र१२ जनाको समुहले बादबिबाद गरी कुटपिट गर्दा घाईते भएका पबिधन राईलाई उपचारको लागी के एम सि अस्पताल सिनामंगल काठमाण्डै लगीकोमा ऊपचारको क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कुटपिटमा संलग्न डाकमान कार्किलाई नियन्त्रणमा लिनुका साथै फरार रहेका अन्यको खोजतलाश भईरहेको उक्त कार्यालयले जनाएको छ

आइतबार, २९ मंसिर, २०७६, दिउँसोको ०४:३६ बजे

सम्बन्धित खवर