आफू भन्दा २८ बर्ष कान्छी संग लगनगाँठाे कस्दै मुख्यमन्त्री राइ

बैकल्पिक खवर

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई ४८ बर्षको उमेरमा  वैवाहिक सम्बन्धमा बाँधिने भएका छन् ।मुख्यमन्त्री राइले आफू भन्दा २८ बर्ष कान्छी मिस मङोल २०१८ कि बिजेता सङ बिबाह गर्न लागेका हुन।                       

मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङ्मु शेर्पाबीच यही माघ ११ गते विवाह हुने पक्का भएको हो ।मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईले माघ ११ गते विवाह हुने पक्का भएको बताए । स्रोतका अनुसार विवाह काठमाडौँमा हुने छ ।

काठमाडौँमा विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ । मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।                       – लोकतान्त्र पोस्ट

शनिबार, ०३ माघ, २०७७, दिउँसोको ०२:१७ बजे

सम्बन्धित खवर