कोरोना रोकथाम अनुगमन समिति झापाको बैठक  सम्पन्न: स्थानीय निकायले भने सहकार्य भएन 

भद्रपुर/  कोरोना रोकथाम तथा अनुगमन जिल्ला समन्वय समिति झापाको बैठक आज सम्पन्न भएको छ । आज जिल्ला समन्वय समिति झापाको सभाहलमा समन्वय समिति झापाका सम्योजक सोमनाथ पोर्तेलको अध्यक्षता बैठक सम्पन्न भएको हो । प्रदेश सरकारका गृहमन्त्री हिक्मत कार्की , नेपाल प्रहरी , ससस्त्र प्रहरीका डिआइजि, स्थानीय सरकारका प्रमुखहरु ,प्रमुख जिल्ला अधिकारी जिल्लामा क्रियाशिल राजनैतिक दलका प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु ,जिल्ला रेडक्रस सहित बसेको विस्तारित बैठकले बिभिन्न निर्णयहरु गरेकोे छ ।

पसलहरू नियमित खोल्न नपाइने

आजको बैठकले झापामा खाद्यान्नका पसल पनि नियमित खोल्न नपाइने निर्णय गरेको छ ।शनिवार सम्पन्न जिल्ला कोरोना संक्रमण रोकथाम उपचार तथा अनुगमन समितिको पूर्ण बैठकले जोर गतेका दिन खाद्यान्न तथा विजोर गतेका दिन गैर खाद्यान्न पसल खोल्न अनुमति दिएको छ।कृषि र औषधि भने नियमित सञ्चालन गर्न पाइने निर्णय गरेको समितिका संयोजक सोमनाथ पार्तेलले जानकारी दिए ।

सिमानामा अलपत्र नेपाली लाई नेपाल ल्याउने तयारी

बैठकले भारतको सिमानामा लामो समय देखी नेपाल प्रबेश गर्न पर्खी रहेका र भारतका बिभिन्न ठाउँमाअलपत्र भएका नेपालीलाई जेठ ५ गतेबाट आउन दिने गरी आवस्यक तयारि गर्ने निर्णय गरेकोे छ । उनीहरुलाई ल्याएर स्वास्थ परीक्षणपछि कोरोना नभएको निश्चित गरेर मात्रै गन्तब्यसम्म जान दिने भएको छ ।भारतमा अलपत्र नेपाली झापा प्रवेश गर्दा उनीहरुलाई क्वारेन्टाइनमा राखिने र त्यसका लागी आवस्यक ब्यबस्था गर्ने बैठकले निर्णय गरेकोे छ।

प्रजिअ माथि एकाएक खनिए गृहमन्त्री कार्की

बैठकमा प्रमुक जिल्ला अधिकारी माथि गृहमन्त्री हिक्मत कार्की एकाएक खनिएका छन । बैठकको सुरुमा कोरोना रोकथाम तथा नियन्त्रण अनुगमन समन्वय समितिले बिभिन्न सिमाक्षेत्रमा गरेकोे अनुगमनको प्रतिबेदन प्रस्तुत गर्ने कार्यक्रम सकिएपछि त्यस उपर प्रदेश सम्सद र केही स्थानीय सरकारका प्रमुखहरुले सूझाब राखेका थिए । त्यसपछिको पालो आयो प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाको , उनले सिमा क्षेत्रमा रहेका नेपाली र भारतका बिभिन्न स्थानमा अलपत्र रहेका नेपालीहारु लाई नेपाल भित्र्याउदा हुन सक्ने जोखिमका बारेमा ब्रिफिङ गर्दै अपनाउनु पर्ने उपायका बारेमा बिषय वस्तु राखेका थिए । उनले स्थानिय निकायहरु क्वारेन्टाइन निमार्णमा सहयोग गरे भारत बाट आउने नेपालीहरुलाई गन्तव्यमा पुर्‍याउँन सकिने धारणा राखेका थिए । उनले गाउँपलिकाले १०० र नगरपलिकाले १५० बेड क्षमताको क्वारेन्टाइन निमार्ण गर्न सके भारत बाट आउने नेपालीहरु लाई ल्याउन सहज हुने प्रस्ताव राखे । त्यो सँगै प्रजिअ रानाले कोरोना रोकथाम अनुगमन समितिले तयार पारेको प्रस्ताव बैठकमा राखे उक्त प्रस्ताव छलफलका लागी फ्लोरमा राखीएको थियो । तर उक्त प्रस्ताव राख्ने बित्तिकै गृहमन्त्री हिक्मत कार्कीले म केही बिषय राख्छु भन्दै माइक्रोफोन लिएर एकाएक प्रजिअ रानामाथि खनिन सुरु गरे । उनले लकडाउन सकिन २ दिन मात्रै बाँकी रहेको बेला किन यस्तो प्रस्ताव ल्याएको ? अब किन स्थानीय निकायले क्वारेन्टाइन निमार्ण गर्ने रु?तपाइँलाई प्रदेश सरकारले कम्तिमा ५ हजार मान्छेका लागी सुरक्षित स्थान तयार गर्नु भनेको थियो खै के गर्नु भो ? प्रदेश सरकारको निर्णय किन नमान्ने ? जस्ता प्रश्नहरु तेर्श्याए । कार्की यति मै रोकिएनन्, अब यो सबै समस्यको जिम्मा प्रदेश सरकारले लिन्छ स्थानीय निकायले थप क्वारेन्टाइन निमार्ण गर्न सक्दैन भन्दै गाउँ र नगरपलिकाका प्रमुख हरुलाई के तपाइँहरु भारतबाट आउने नेपालीहरुको जिम्मा लिन सक्नु हुन्छ ? भन्दै प्रश्न गरे ।

भारतबाट आउने सबै नेपालीको जिम्मा प्रदेश सरकारले लिन्छ  :गृहमन्त्री कार्की
प्रदेस एक सरकारका कानुन तथा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले सीमाक्षेत्र तथा भारतका बिभिन्न ठाउँमा अलपत्र अवस्थामा रहेका सबै नेपालीहरु को जिम्मा प्रदेश सरकारले लिने बताएका छन । मन्त्री कार्कीले बैठकमा अलपत्र अवस्थामा रहेका नेपालीहरुको उद्दार गर्नु सरकारको दाईत्व भएको बताउदै उनिहरु लाई नेपाल ल्याएर सुरक्षितरूपमा घरसम्म पुर्‍याउँने जिम्मा प्रदेश सरकारले लिने बाताए । करिब २० हजार नेपाली नागरिकहरु प्रदेशको बिभिन्न नाकाबाट नेपाल प्रवेश गर्ने अवस्थामा रहेको भन्दै उनीहरू सबैलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउन प्रदेश सरकारले तयारी गरेकोे बताए । कोरोना महामारी रोक्न सुरक्षा निकायले खेलेको भूमिका प्रशंसायोग्य रहेको भन्दै सुरक्षाकर्मीहरुलाई आवस्यक पर्ने सबै प्रकारको सहयोग गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन । उनले सीमा सुरक्षामा खटिने ससस्त्र प्रहरी र नेपाल प्रहरीले यो बेला देखाएको सक्रियता लोभ लाग्दो रहेको बताउदै सुरक्षाकर्मीको जनस्तरबाटै प्रशंसा भैरहेको बताए । उनले आगामी २ बर्ष भित्रमा प्रदेश भित्रका सीमा क्षेत्रमा ७ किलोमिटरको अन्तरमा र आगामी ५ बर्ष भित्रमा साढे तिन किलोमिटरको अन्तरमा बोर्डर आउट पोस्ट राख्ने गरी प्रदेश सरकारले योजना बनाई रहेको पनि बताए ।

प्रदेश सरकारप्रति बिस्वास छैन : स्थानीय सरकार

आजको बैठकमा बोल्ने अधिकाँस स्थानीय निकायका प्रमुखहरुले प्रदेश सरकारप्रति धेरै विश्वस्त हुन नसकिएको धारणा राखेका छन । उनिहरुले प्रदेश सरकारले काम भन्दा पनि कुरा मात्रै ज्यादा गरिरहेको बताए । यस्तो महामारीमा पनि प्रदेश सरकारले स्थानीय निकायसँग कुनै समन्वय नगरेको गुनासो अधिकाँस गाउँपलिका र नगरपलिकाका प्रमुखहरुले गरेका छन । गौरीगन्ज गाउँपलिकाका प्रमुख बाबूराजा श्रेष्ठले प्रदेश सरकारले आफ्नो गाउँपालिका भित्र रहेका बिभिन्न प्रदेश र जिल्लाका नागरिकहरुको व्यवस्थापन र गन्तव्यमा पुर्याउन कुनै सहयोग नगरेको गुनासो गरे । त्यस्तै कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोख्रेलले प्रदेश सरकारले स्थानीय सरकारलाई करोडौँको बजेट दिएको भनेर हल्ला मात्रै गरेको तर पर्याप्त सहयोग भने नगरेको बताए ।” स्थानीय जनता प्रदेश बाट करोडौंको बजेट आएको छ तर स्थानीय सरकारले दिएन भनेर गुनासो गर्छन् तर प्रदेश सरकार बाट आर्थिक सहयोग भने प्राप्त भएको छैन ” पोख्रेलले भने। भद्रपुर नगरपलिकाका मेयर जिबन श्रेष्ठले पनि उस्तै गुनासो गरे । उनले प्रदेश सरकारलाई कोरोना परीक्षणको दायरा बढाउन अनुरोध गरे । मेची नगरपलिकाका प्रमुख बिमल आचार्यले “कुरा अनुसारको काम हुनुभने नेपालको काम बिस्वकै उत्कृष्ट हुने थियो , कुरा अनुसारको काम नभएर समस्या भयो” भन्दै व्यंग्य गरे ।मूख्य नाकाको नगरपालिका भएकाले तुलनात्मक रूपमा मेची नगरपालिका पीडामा रहेको बताउदै मेयर आचार्यले यस्तो पीडाको समयमा समेत प्रदेश सरकारले अपेक्षाकृत सहयोग र कुनै समन्वय नगरेको बताए । पुर्वीनाकामा रहेर पनि मेची नगरपालिका एक्लै लडीरहेको अवस्थामा न जिल्ला समन्वय समिति न प्रमुख जिल्ला अधिकारी न प्रदेश सरकार कसैले पनि समन्वय नगरेको गुनासो नगर प्रमुख आचार्यको रहेको छ ।उनले प्रदेश सरकार सँग रहेको भारत बाट झापा आउने नेपालीहरुको डाटा पनि गलत भएको बताए ।

शनिबार, ०३ जेठ, २०७७, रातीको ०९:२३ बजे

सम्बन्धित खवर