उपेन्द्र यादवको प्रश्न : आयोग सेटिङमा चल्न थालेको त होइन ?

जसपामा बहुमत केन्द्रीय कार्यकारीणी सदस्य रहेका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रमा बहुमतलाई मान्यता दिने प्रणाली नै ध्वस्त हुन लागेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै अध्यक्ष यादवले लोकतन्त्रमा, दलीय व्यवस्थामा जहाँपनि बहुमतको निर्णय मान्य हुने बताउँदै अहिले बहुमतको निर्णय मान्य नहुने निर्वाचन आयोगको ठहर हो गलत रहेको बताए ।

अध्यक्ष यादवले भने, ‘पार्टीको विधान बमोजिम कार्यकारीको बहुमतले गरेको निर्णय, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली, पार्टीको विधानअनुसार निर्णय गरिएको छ । पार्टीको कार्यकारी सदस्यको बहुमतको निर्णय मान्दिनँ भन्ने जुन कुरा निर्वाचन आयोगले ग¥यो, त्यो गलत हो । यो लोकतान्त्रिक विधि र प्रणालीसँग पनि मेल खाँदैन ।’

​उनले आयोगले सेटिङमा गरेको भनेर धेरै मान्छेहरुले भन्ने गरेको बताउँदै आयोग कतै सेटिङबाट त चलिरहेको छैन भन्दै प्रश्न गरे ।

आयोग भन्छ : चित्त नबुझे अदालत गए हुन्छ

निर्वाचन आयोगले भने जसपाले विवाद समाधान गर्नका लागि राजनीतिक दलसम्बन्धी जुन दफा खोजेको थियो, त्यहीअनुसार निर्णय गरेको बताएको छ ।

आयोगले हचुवामा निर्णय गरेको नभई कानुनका सहसचिवसहितको टोली र अन्य कानुन व्यवसायीहरूसँग परामर्श गरेरै निर्णय गरेको आयोगका एक अधिकारीले बताए । उनले भने, ‘कानुन शाखा, अन्य कानुन व्यवसायीहरुले सबै विश्लेषण गरेर यो यस्तो हो, यो यस्तो हुन्छ भनेर सबै पक्ष विश्लेषण गरेर हामीसहितले निर्णय गरेको हो ।’

बुधबार, ०२ असार, २०७८, बिहानको ११:२६ बजे

सम्बन्धित खवर