पूर्वप्रधानमन्त्री खनाललाई दिल्ली लगिँदै

२ असार, काठमाडौँ/   पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई स्वास्थ्य कमजोर बन्दै गएपछि उपचारमा कठीनाई भएको छ । एकहप्ता लामोसमय ज्वरो आएपनि अझै कारण पत्ता लाग्न नसकेको पारिवारिक श्रोतले जनाएको छ । खनाललाई थप उपचारका लागि आज नयाँ दिल्ली लगिने भएको छ ।

खनाललाई आज दिउँसो साढे १२ बजे नयाँ दिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ । उनको उपचार दिल्लीको एपोलो अस्पतालमा गरिने तय भएको छ ।

खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्। एक हप्ताभन्दा बढी ज्वरो आएपछि खनाल गत सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य परीक्षणमा हेमोग्लोबिनको मात्रा कम भएको पुष्टि भएको थियो ।

बुधबार, ०२ असार, २०७८, बिहानको ११:३८ बजे

सम्बन्धित खवर