साउन महिना सुरु, महिलाहरु रंगीन थाले

१ श्रावण/   आजबाट साउन महिना सुरु भएको छ । साउनको सुरुवातसंगै अहिले अधिकाशं महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । त्यसमाथि नेपाली हिन्दु नारीहरुकालागि साउन विशेष महत्वको महिना भएकाले पनि यो महिना सुरु हुन नपाउंदै महिलाहरु रंगीन हुन थालेका हुन् ।

अहिले स–साना बालिका, युवती, अधबैंसे नारी हुन् या बृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ । साउन लागे लगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको छ ।

रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ । पछिल्ला वर्षमा साना बालिका र किशोरीमा समेत मेहेन्दी र हरियो चुरा लगाउने ’क्रेज’ बढ्दो छ । धेरैले यसलाई फेसनका रुपमा लगाएका छन् भने कतिले धार्मिक महत्व बुझेर विश्वासमा यसो गरेका छन् ।

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ ।

साउनमा चुरापोते र कपडासँगै हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने विश्वास गर्नेहरु पनि उत्तिकै छन् । त्यसैले साउनमा मेहन्दी हरियो चुरा पोतेको क्रेज कतिसम्म छ भने घरायसी महिलामात्र नभएर कार्यालयमा काम गर्नेदेखि ड्युटीमा खटिएका महिला प्रहरीले समेत हरियो चुरा पोते लगाउदै आएका छन् ।

साउनमा ब्रत किन,कसरी, कसले बस्ने ?
हिन्दू धर्मका प्रमुख १० वटा नियमहरु छन् : ईश्वर प्राणिधान, संध्योपासना, व्रत, तीर्थ, त्योहार, दान, यज्ञ, संस्कार, सेवा तथा धर्म प्रचारहरु रहेका छन् । ईश्वर प्राणिधानको अर्थ ब्रह्मा नै सत्य हुन् । उनकै प्रति समर्पित रहेर सन्ध्या बन्धना तथा एक विशेष प्रार्थना गर्ने गरिएको हुन्छ । ब्रह्माको पूजाको लागि एक दिनको आठ प्रहर मध्ये पनि दुई प्रहर एकदर्म शसभ हुने गर्दछ ।

ब्रतमा श्रावण महिनाको पूरै महिना उपवास राख्नु जरुरी रहेको छ । तीर्थमा चार धाम तथा काशी यात्राको मात्रै पनि पुण्य हुन्छ । दानमा अन्न दान श्रेष्ठ हुन्छ । त्योहार पर्वमा मकर संक्रान्ति तथा कुम्भ पर्व महत्वपूर्ण हुन्छ । यज्ञमा पञ्चयज्ञको महत्व बढी रहेको छ । सेवाको लागि अनाथ गरिब बृद्ध र देशको सेवा सबैभन्दा महत्वपूर्ण हुन्छ । १६ संस्कारको अनुरूप नै वैदिक नियमबाट महत्वपूर्ण कार्य सम्पन्न गर्नु जरुरी रहेको छ । त्यसैले आफैंभित्र धर्मको प्रचारप्रसार गर्नु आवश्यक रहेको छ ।

सप्ताहको कुरा गर्दा बिहीबार सबैभन्दा उत्तम देखिन्छ । तिथी अनुसार ब्रत बस्दा एकादशी तिथि नै सबैभन्दा महत्वपूर्ण तिथि हो तथा महिनाको कुरा गर्दा श्रावण महिना ब्रतको लागि सबैभन्दा महत्वपूर्ण महिना हो । श्रावण महिनामा बसिने उपाक्रम ब्रतको महत्व एकदमै धेरै रहेको छ । यसलाई श्रावणी समेत भन्ने गरिएको छ ।

धार्मीक विश्वास
धार्मीक मान्यता अनुसार साउन शिवको आराधना गर्ने महिनाका रुपमा लिइन्छ । पौराणिककालमा पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर ‘भगवान शिव’लाई प्राप्त गरेको धार्मीक विश्वासको आधारमा महिलाहरूले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् । साथै साउनमा हरियो पहिरदाँ शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ सौभाग्यको प्रतीक हो ।

श्रावण हरियालीको महिना भएकाले प्रकृतिसँग आफूलाई जोड्न र नजिकिन पनि हरियो लगाउने गरिन्छ । शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा गरेमा आफू र पतिको आयू समेत बढने धार्मीक विश्वास छ ।

शुक्रबार, ०१ साउन, २०७८, बिहानको ०७:०१ बजे

सम्बन्धित खवर