एमाले संसदीय दलको बैठकमा नजानेलाई कार्वाही गर्ने चेतावनी

१ श्रावण, काठमाडौँ/  नेकपा एमालेको संसदीय दलको बैठक आजलाई बोलाइएको छ ।
बैठकमा नआउने र विपक्षीलाई सहयोग गर्नेलाई नैतिकताको कारवाही गर्ने विषयमा छलफल हुने भएको छ । ओली पक्षले नेपाल पक्षलाई अनुसासनको कारवाही गर्न लागेको हो ।

बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

साउन ३ गतेलाई संसद बैठक बोलाइएपछि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको भट्टराईले बताए ।

सरकार ढाल्न शेरबहादुर देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षका २३ जनासहित सबै सांसदलाई खबर गरिएको उनले बताए ।

शुक्रबार, ०१ साउन, २०७८, बिहानको ०७:१२ बजे

सम्बन्धित खवर