विप्लव – बाबुराम भेटवार्ता

१ श्रावण, काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीमा महासचिव नेत्र विक्रम चन्द विप्लवले आफ्नो राजनीतिक गतिविधिलाई बढाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपालसँग भेटवार्ता गरेका उनले आज जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित विप्लव भट्टराईको निवास टोखामा शुक्रबार बिहान पुगेका थिए । नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेका सहमति प्रधानमन्त्री शेरबहादुर देउवाबाट पूरा गराउन विप्लवले विभिन्न नेतामार्फत् पहल थालेका छन्।

शुक्रबार, ०१ साउन, २०७८, दिउँसोको ०१:०० बजे

सम्बन्धित खवर