आज यो वर्षको अन्तिम साउने सोमबार , शिवको पूजा आराधना गरी साउने ब्रत समापन

दमक, ३२ साउन/  यो वर्षको साउन महिनाको आज पाँचौँ तथा अन्तिम सोमबार । हिन्दू धर्माबलम्बी नारीहरुले भगवान् शिवको पूजा आराधना गरी मनाउँदैछन् । बन्दका विचपनि झापाको कनकाई, सुनसरीको पिण्डेश्वरी लगायतका शिवालयहरुमा ब्रतालुहरुको बाक्लो उपश्थिति रहेको छ ।

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन भए पनि यस वर्ष कोरोनाका कारण घर–घरमै पूजाआजा गरिँदै छ ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरेको बताउनुहुन्छ । परम्परा अनुसार कुनै कुल विशेषले चन्द्रमासअनुसार श्रावण महिनामा व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेषरुपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उहाँले सुनाउनुभयो । यस वर्ष साउन ५, १२, १९ र २६ गते गरी चार वटा सोमबार परेकामा हिजो अन्तिम सोमबार व्रत विधिपूर्वक समापन गरिएको हो ।

नयाँ व्रत शुरु गर्ने पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने पनि अध्यक्ष गौतमले जानकारी दिनुभयो । शास्त्रीय मान्यताअनुसार चार वटा सोमबार परेको वर्षबाट पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।

विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ ।

त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा–पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

आज पनि पशुपतिनाथ नखुल्ने साउनको पाँचौँ सोमबार पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत अझै बन्द छ ।

 

सोमबार, ३२ साउन, २०७८, बिहानको ०८:०१ बजे

सम्बन्धित खवर