घरभाडा नलिन घरबेटीलाई आग्रह

धनकुटा, ३२ साउन/   धनकुटाका ब्यावसायीको घरभाडा नलिन घरबेटीलाई उद्योग वाणिज्य संघले आग्रह गरेको छ । उद्योग वाणिज्य संघले कोरोना संक्रमणको जोखिमलाई कमगर्न भन्दै सरकारले लगाएको निशेधाज्ञाका कारण व्यापार व्यावसाय ठप्प रहेको हुँदा निषेधाज्ञाको समयको घर भाडा छुट गरी दिन धनकुटाका घर धनीहरूसंग आग्रह गरेको छ ।

निषेधाज्ञाका कारण व्यापार, व्यवसाय बन्द रहेकाले व्यापारीहरू ठूलो मारमा परेकाले घर भाडा छुट गरी दिन घरधनीहरूलाई आग्रह गरिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिऐ ।

अघिल्लो वर्ष लकडाउनको समयमा धनकुटा सदरमुकाम सहितहिले पाख्रिवाबास, सिंधुवा, जोरपाटी लगायतका व्यापारिक क्षेत्रका करिब ४ सय घर धनीले १ महिनादेखि ५ महिनासम्मको घर भाडाँ छुट दिएको समेत संघले जनाएको छ ।

सोमबार, ३२ साउन, २०७८, बिहानको ०८:३२ बजे

सम्बन्धित खवर