बार्सिलोनाको शानदार जित शुरूवात

३२ श्रावण / स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित शुरूवात गरेको छ ।

आइतबार राति रियल सोसीडाडलाई ४-२ गोलले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद शुरूवात गरेको हो ।

बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गरे । जेरार्ड पिके र सेर्जी रोबर्टोको नाममा एक/एक गोल रह्यो ।

सोसीडाडका जुलेन लोबेटे र मिकेल ओयार्जाबलले एक एक गोल फर्काए ।

जितसँगै बार्सिलोनाले सिजनको पहिलो खेलबाट ३ अंक जोडेको छ ।

सोमबार, ३२ साउन, २०७८, बिहानको ०८:४५ बजे

सम्बन्धित खवर