वामदेव गौतम पनि माओवादीको चिह्नबाट चुनाव लड्ने

     ३१ साउन, काठमाडौं /  नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् ।

गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताए । ‘हामीलाई माओवादीको चुनाव चिह्न सहज हुने देखियो । हामीले माओवादीलाई प्रस्ताव पठाएका छौं ।’ उनले यो पार्टी एकीकरण नभई चुनाव चिह्न लिएर चुनाव लड्न लागेको बताए ।

मङ्गलबार, ३१ साउन, २०७९, बिहानको ११:०७ बजे

सम्बन्धित खवर