मन्त्रिपरिषद् विस्तारकै दिन अधिवेशन आह्वान, २२ असोजमा प्रदेशसभा

दमक, ३१ भाद्र /   प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार मध्यान्ह मन्त्रिपरिषद् बैठक राखेर विश्वासको मत लिने प्रयोजनका लागि २२ असोजमा प्रदेशसभा  अधिवेशन बोलाउने सिफारिस गरे ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अधिवेशन आह्वान गर्दा नगर्दै मन्त्री नियुक्तिको पत्र पुग्यो । र, अपरान्ह प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ ।

प्रदेशसभामा अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा योजनामन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बनाएका हुन् ।

उत्तमकुमार थापा उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री बन्दा ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था र लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनेका छन् ।

 

 

बिहिबार, ३१ भदौ, २०७८, बिहानको ०७:१३ बजे

सम्बन्धित खवर