नयाँ नोट वितरण सुरु

नेपाल राष्ट्र बैंकले दशैँको लागि सर्वसाधारणलाई नयाँ नोट सटहीको सुविधा प्रदान गरेको छ । दशैँ तिहारमा टीका लगाएर दक्षिणा दिने चलन भएकाले अधिकांश सर्वसाधारणले नयाँ नोट सटही गर्छन् ।

बिहीबारदेखि नै बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिएको राष्ट्रबैंकले आइतबारदेखि सर्वसाधारणलाई पनि नयाँ नोट वितरण गरेको हो ।
राष्ट्र बैंक कार्यालय बालुवाटारबाट नयाँ नोट वितरण सुरु गरेको छ ।

अन्य स्थानबाट समेत नयाँ नोट वितरण गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

राष्ट्रबैंकले प्रतिव्यक्ति १८ हजार ५ सय अधिकतम वितरण गरेको हो । जसमा ५, १०, २०, ५०, १०० दरका नोट समावेश छ । राष्ट्र बैंकले १० अर्ब रुपैयाँ नयाँ नोट बजारमा पठाउँदैछ ।

शुक्रबार, ३१ भदौ, २०७९, बिहानको ०६:५५ बजे

सम्बन्धित खवर