माओवादीलाई ५ नम्बर भन्दा अरु दिन नसक्ने काँग्रेसको अडान, माओवादी ५ नलिने पक्षमा 

   झापा/   झापामा गठबन्धनमा किचलो भएको छ । माओवादीलाई ५ नम्बर भन्दा अरु दिन नसक्ने काँग्रेसको अडान कायमै रहेपछि माओवादी खेमामा गठबन्धनविच असन्तुष्टी बढेको छ । नेपाली कांग्रेसले झापाको पाँच क्षेत्रमध्ये एउटा सिट नेकपा माओबादीलाई दिने प्रस्ताव गरेको छ । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट सम्बन्धी कार्यदलको बैठकमा कांग्रेसले झापाको १, २ ३ र ४ नम्बर निर्वाचन क्षेत्रमा आफ्नो उम्मेद्वार हुनुपर्ने प्रस्ताव राखेको पार्टीका एक केन्द्रीय सदस्यले जनाए ।

उनका अनुसार कांग्रेसले झापा–५ माओबादीको भागमा दिने प्रस्ताव गरेको छ । झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यो क्षेत्रमा विद्यार्थी नेता रञ्जित तामाङ, गगन पुरीसहित चार जना माओबादी नेता ओलीसँग प्रतिष्पर्धा गर्नका लागि पार्टीबाट उम्मेद्वार सिफारिस भइसकेका छन् ।

झापा–५ मा भाग दिने कांग्रेसको प्रस्तावमा माओबादी सहमत भएको छैन । माओबादीले कांग्रेसलाई झापाको १, ३ र ४ दिन सहमति जनाए पनि क्षेत्र नं. २ र ५ आफुले पाउनु पर्ने प्रारम्भिक अडान राखेको छ ।

माओबादीले झापा-२ मा  नेतृ धर्मशीला चापागाई, राजु आचार्य र सीपी कडरियाको नाम उम्मेदवारीमा सिफारिस गरेको छ ।  क्षेत्र नं. ५ माओबादीलाई दिन तयार भएको कांग्रेसले क्षेत्र नं. २ मा आफ्नो दावी छाडेको छैन ।

‘झापा-५ मा जाऊ, अरु क्षेत्र छाड्दैन भन्ने सन्देश कांग्रेसले माओबादीलाई दिइसकेको छ’ झापा-१ मा विश्वप्रकाश शर्मा र झापा ३ मा कृष्णप्रसाद सिटौलालाई छाड्न माओबादी तयार भइसकेको बुझिएको छ भने झापा-५ मा कांग्रेसले दावी छाडे पनि जनता समाजबादी पार्टीले गठबन्धनका तर्फबाट दावी गरेपछि गठबन्धन जोगाउन काँग्रेसले समाजबादीलाई ५ नम्बर र माओबादीलाई २ नम्बर छाड्न सक्नुपर्ने समाजबादीका नेताहरुको भनाइ छ ।

शुक्रबार, ३१ भदौ, २०७९, बिहानको ०७:४१ बजे

सम्बन्धित खवर