झापामा बालिकाको जलेर मृत्यु

झापा मंसिर १,/ झापाको कमल गाउँपालिकामा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ।

गाउँपालिकाकाे २ नम्बर वडामा रहेकाे ध्रुव परियारको घरमा आगलागी हुँदा उनकी ७ वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

राति ९ बजेतिर मैनवत्तीबाट सल्कीएकाे आगो दन्केपछि घर भित्र रहेकी छोरी रेजुका बाहिर निकाल्न नसकिएकाेले घटनास्थलमै मृत्यु भएकाे कार्यालयले जनाएकाे छ ।

कार्यलयका अनुसार बुवाआमा भने घर बाहिर रहेका थिए । आगो निभाउने क्रममा ग्यास पड्किदा स्थानीयबासी २२ वर्षिय राम टुडु घाइते प्रहरीले जनाएकाे छ ।

सोमबार, ०१ मंसिर, २०७७, दिउँसोको ०४:५० बजे

सम्बन्धित खवर