प्रेस सेन्टर झापाको नयाँ नेतृत्व चयन

दमक, ३० कार्तिक/ प्रेस सेन्टर नेपालको झापा जिल्ला कार्यसमिति चयन भएको छ । सोमबार सुरुङ्गामा भएको सेन्टरको बिस्तारित भेलाले झुलन रेग्मीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
२१ सदस्यीय गठित समितिको उपाध्यक्षद्वयमा पार्थ मण्डल र सुष्मा कुमाल, सचिव उद्धव पुरी, सहसचिवद्वय सन्तोष शर्मा र प्रकाश उप्रेती, कोषाध्यक्षमा पुष्प खड्का चुनिएका छन् । समितिका अन्य सदस्यहरु होमप्रकाश अधिकारी, दिलिप थापा, गोविन्द ल्वागुन, पुजन आचार्य, सबिन खतिवडा, सुमित भण्डारी, केशव चापागाईं, आइपी भट्टराई, अनिता बिष्ट, प्रतिभा पौडेल, भोला तिम्सिना, चुडामणी तिम्सिना, शर्मिला पुरी र प्रेम यम्फु राई रहेका छन् ।
यस्तै नवगठित समितिको आज नै सम्पन्न बैठकले मंसिर ७ गते बिराटनगरमा हुने प्रदेश अधिवेशनका लागि पुष्प खड्का, भोलानाथ तिम्सिना, आइपी भट्टराई, पुकारचन्द्र राजवंशी, गोविन्द ल्वागुन र पार्थ मण्डललाई प्रतिनिधि पठाउने निर्णय गरेको छ ।
त्यस्तै लिलाराज झापाली, चिरञ्जीवी घिमिरे, डिकेश लामा र सुष्मा राजवंशीलाई केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा पठाउने निर्णय भएको अध्यक्ष रेग्मीले जानकारी दिए ।

मङ्गलबार, ३० कार्तिक, २०७८, बिहानको ०८:१३ बजे

सम्बन्धित खवर