दमकमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

बैकल्पिक खवर

दमक। झापाको दमकमा हालसम्म १ हजार १४१ कोरोना संक्रमित पुगेको तथ्याङ्क छ । गत बैशाख १० गते पहिलो पटक एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनी नेपालका ४९ औं कोरोना संक्रमित हुन भने झापाका पहिलो संक्रमित हुन । उनी उपचारपछि अहिले स्वस्थ जिवन बिताइरहेका छन ।

त्यसयता दमकमा निरन्तर कोरोना संक्रमण फैलिँदै गयो । पहिलो संक्रमण भेटिएको ठिक ६ महिना अर्थात गत असोज १० मा पहिलो पटक दमककी कोरोना संक्रमित एक महिलाको कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

कोरोनाको यस ८ महिनाको पिरियडमा दमकका ६७९ पुरुष र ४६२ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ति मध्ये १ हजार ४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । दमकमा संक्रमित हुनेमा सर्वसाधारणदेखि नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित अधिकांश जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी समेत छन ।

नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार संक्रमित मध्ये ३५ जनाको मृत्यु भएको छ भने २३ महिला सहित ५८ जना हाल उपचाररत छन । नगरपालिकाले हाल कोरोना संक्रमणका शकांस्पद विरामीको कोरोना परिक्षण निशुल्क गर्दै आएको छ । साथै नगरपालिकाले दमक २ बेलडाँगीमा कोभिड अस्पताल समेत संचालनमा ल्याए पछि उपचारमा सहज भएकाे नगरपालिकाका प्रवक्ता एवं उपमेयर गीता अधिकारी बताउँछिन्

बुधबार, ०१ पुष, २०७७, बिहानको १०:५७ बजे

सम्बन्धित खवर