कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

१ पुस, काठमाडौं /  नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए ।

उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।
गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

बिहिबार, ०१ पुष, २०७८, दिउँसोको ०३:१४ बजे

सम्बन्धित खवर