लकडाउनलाई नै उपचार ठानियो

रोहित रघुवंशी

युनिसेफ ले सचेत गराईसकेको छ कि साउथ एसियामा मात्र लगभग १४ लाख बालबालिका लामो लकडाउन को कारण ले मर्ने संभावना छ उचित उपचार नपाएर र उचित आहार नपाएर। नेपालमा लगभग ४००० बालबालिका मृत्युको मुख मा पुग्न सक्ने आंकलन युनिसेफको अध्ययन ले गरेको छ।

विश्व स्वास्थ्य संगठन ले भने झैँ अब हामिले कोरोना संगै बाँच्न सिक्नु पर्ने अवस्था आएको महसुस हुन थालेको छ मलाई चैँ। किन भने लकडाउन मात्र समाधान होइन र त्यो संभव पनि छैन। कडा लकडाउन अपनाएका देसहरुमा पनि पुन: कोरोना फर्किएको उदाहरण छ हामी संग। दक्षिण कोरिया जस्ता पुर्ण लकडाउन नै नगरिकन टेस्ट व्यापक गरेर चलेका देशहरुमा पनि तुलनात्मक रुपमा धेरै फैलिएको छैन कोरोना।

अर्को कुरा के पनि छ भने मृत्यु भएको मान्छे कोरोना संक्रमित छ भने कोरोना कै कारणले मृत्यु भएको भनेर घोसणा गर्ने चलन अमेरिका देखि लिएर भारत सम्म पनि छ भनेर समाचारहरु आईरहेका छन। कोरोना संक्रमित छ र मृत्यु भएको छ भने कोरोना कै कारणले मृत्यु भएको नहुन पनि सक्छ। मृत्युको कारण अन्य रोग पनि हुन सक्छ। तर त्यो “अन्य” बारे काम भएको छैन र बिबिध सर्कल बाट तथ्यांक गलत भो भन्ने बिचार आईरहेका छन। इटाली कै स्वास्थ्य सेवा को उच्च संस्थाले त्यहाँ कोरोना ले मृत्यु भनिएका मध्ये ९६.३% अन्य रोग ले मृत्यु भएको हो भनेर रिपोर्ट गरेका समाचार पनि नआएका होइनन। नेपाल मै पनि पहिलो कोभिड डेथ भनेर घोसणा गरिएकी सुत्केरी आमा को केश मा संका गर्ने ठाउँ छ। वहाँको कोभिड टेस्ट वहाँको मृत्यु पश्चात् मात्र भएको थियो।

जे सुकै भए पनि २% मृत्युदर भएको भनिएको, त्यही २% पनि संकास्पद भएको, कोरोनाको कारणले देश नै बन्द गर्नु बैग्यानिक हुँदै होइन। टेस्ट ब्यापक बनाएर लकडाउन धेरै खुकुलो पारिसक्नु पर्ने अवस्था हो यो, तर हामी कर्फ्यु लगाउनु पर्छ, लकडाउन को बिकल्प नै छैन भन्दै आतंकित हुदैछौँ।

हामिले लकडाउन खुकुलो पार्ने तर्फ तयारी नै गरेनौँ। तयारी नगर्दा लकडाउन खुकुलो गरौँ, संक्रमण व्यापक रुप ले फैलेला भन्ने डर र लकडाउन गरौँ, कयौँ समस्या ले एक्कै पटक किच्ने डर मा हामी छौँ। विशेष सुरक्षा विधि अपनाएर जीवन चलाउदा डर नमान्नु पर्ने कोरोना संग वास्तविक भन्दा अनावस्यक रुप ले आतंकित हुदा अझ ठूलो डर।

आइतबार, ०४ जेठ, २०७७, बिहानको ०७:०७ बजे

सम्बन्धित खवर