क्‍वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

बाँके / बाँकेको नरैनापुर गाउँपालिकास्थित क्‍वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।
गत वैशाख ३० गते भारतको मुम्बईबाट आएका ति युवा क्‍वारेन्टाइनमा बसेका थिए । २५ वर्षीय ति युवकको आइतबार विहान स्वास्थ्य एकाएक असामान्य भएको र उपचारमा लैजाने तयारी गर्दा गर्दै तत्काल उनको मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक मोइन खानका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइएकोमा एम्बुलेन्स पुग्नुअगावै उनको मृत्यु भएको थियो । क्‍वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित बनेका छन् ।

मृतकको युबकको कोरोना परीक्षणका लागी स्वाब शनिबारै संकलन गरिएको छ । त्यसको रिपोर्ट आजै आउने बताइएको छ ।

एकैदिन ८ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिबार स्वाब संकलन गरिएको छ । पहिलो चरणमा सङ्क्रमित आठजनाको सम्पर्कमा आएका २८४ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न नेपालगन्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २६३ जनाको संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आइतबार, ०४ जेठ, २०७७, बिहानको १०:१९ बजे

सम्बन्धित खवर