सेजला र अरुणको प्रेम कथाले यसरी रोज्यो मृत्यु

दमक, ३ असार/
माया प्रेममा डुबेकाबेला आफ्नै प्रेमीले हत्या सम्मको प्रयास गर्लान भन्ने कुनै प्रेमिकाले कल्पना समेत सायदै गरेकी हुन्नन होला । तर यस्तै भएको छ दमकको एउटा घटना । दमक ५ मा रहस्यमयी मृत्यु भएकी इलाम देउमाई ४ मंगलबारेकी सेजला कोइराला र हत्याका आरोपी अरुण राईबीच केही महिनादेखि लिभिङ टुगेदर ( सँगै बस्ने र सँगै सुत्ने सम्म) हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
उनी अढाई महिनादेखि समय समयमा सेजलाको डेरामा संगै बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । बुबा आमाले पठाएको खर्चमा पढदै आएकी सेजलालाई प्रेम गरेको जस्तो देखाएर उनले शारिरिक सम्बन्ध समेत राख्ने गरेको पाइएको हो । अरुण र सेजलाबीच माया र प्रेम सम्बन्ध मात्रै नभएर संगै उठबस गर्ने गरेको देखिन्छ– इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले सञ्चारकर्मीसँग भने ।

 

कसरी शुरु भयो अरुण र सेजलाको प्रेम कथा ?

केही महिना अघिदेखि सँगै बस्दै आएका साथीहरुबाट सेजला छुट्टै कोठामा बस्न थालेकी थिइन । तर विद्यार्थी जीवनमा हुने अभाव टार्न विभिन्न विकल्प खोज्ने क्रममा चटपटे पसलबाट सेजलाले अरुणलाई भेटेकी थिइन् । विस्तारै अरुण र सेजलाविच सम्बन्ध नजिकिँदै गयो । सेजलाको कोठामा अरुण पटक पटक जाने गरेका थिए ।

गत २६ जेठको दिउँसो आफनै कोठाको वाथरुमको कम्बर्टमा भेटिएकी सेजलालाई उनकी साथी समिक्षाले घटना भएको दिन बारबार फोन गरिन । समिक्षालाई सेजला र अरुणबीचको सम्बन्धबारे राम्रैसंग थाहा थियो । सेजलको मोवाइल रिसिभ नभएपछि उनले अरुणलाई फोन गरेर उनको मोवाइल रिसिभ नभएको भन्दै सेजल भएको कोठामा जान भनेकी थिइन ।
तर अरुणलाई थाहा थियो कि किन सेजलाको फोन उठेन भनेर । तर पनि केही पत्तो नपाएजस्तो नाटक गर्दै सेजलको कोठामा गए । उनले त्यस अघिनै दिउँसो अरुणले बलात्कारपछि कोठामा बेहोस बनाएर कोठाको बाहिरबाटै ताल्चा लगाएर हिंडेका थिए । डिएसपी नवराज कार्कीले  भने  ।

घटनाको प्रकृति र सम्भावनाबारे डिएसपी कार्की भन्छन– यदि समिक्षाले फोन गरेर अरुणलाई सेजलाको कोठामा नपठाएकी भए त्यही रात सेजलको शवनै गायब बनाउने सम्मको प्लान हुन सक्छ ।
तर संयोगवश साथीको फोनका कारण हामीले अहिले उनको शव खोज्दै भौतारिनु परेको छैन । साथीको फोनपछि अरुणले अरुलाई झुक्याउनकै लागि भएपनि अस्पताल सम्म उपचारका लागि लगेको देखिन्छ । तर पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि हत्या भएको देखाएका कारण प्रहरीले घटनाका संदिग्धलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।
अरुणका विरुद्धमा सेजलका अभिभावकले किटानी जाहरी समेत दिइसकेकाले बलात्कारपछि हत्याको कसुरमा थप अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न झापा जिल्ला अदालतबाट म्याद थपको आदेश लिइएको डिएसपी कार्र्कीले बताए । घटनाको थप अनुसन्धान भइरहेको कारण अनुसन्धानका सबैकुरा भन्न नसकिने उनले बताएका छन् ।

बिहिबार, ०३ असार, २०७८, बिहानको ०८:४२ बजे

सम्बन्धित खवर