एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, नेपाल पक्ष नजाने

२ साउन, काठमाडौं /   नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार बिहान एघार बजे केन्द्रीय कमिटी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने उनले बताए । त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ ।

शुक्रबार पनि अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक राखेका थिए । तर उक्त वैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित रहे । अबपनि नेपाल पक्ष नजाने भएको छ । एक नेताले भने हामीलाई वाइपास गरेर डोमिनेट गरिने गरि बोलाईएको मिटिङमा गएनौ र अबपनि जाँदैनौ ।

शुक्रबार नै संसदीय दलको बैठक समेत बसेको छ । संसदीय दलको बैठकमा पनि माधव समूहका सांसदहरु अनुपस्थित भएका थिए ।

शनिबार, ०२ साउन, २०७८, दिउँसोको ०३:०० बजे

सम्बन्धित खवर