पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनीकरण गर्नुपर्छ- मन्त्री भुसाल

काठमाडौँ, श्रावण २/ उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रि पम्फा भुषालले आफ्नोे देशबाट उत्पादित जल उर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने बताएकी छिन् ।
विद्युत विकास विभागको २८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो बिकल्पको रुपमा जल उर्जा भएको बताइन् । यस्तै निजी क्षेत्रले बनाउने जलविद्युत लगायतको संरनाबाट सरकार र स्थानीय जनताले निरन्तर रुपमा लाभ लिनसक्ने खालको बनाउन पनि आवश्यक रहेको बताइन् । उनले भनिनु, सिङ्गो देशको विद्युतीकरण गर्ने कुरा लाइटको रुपमा मात्रै नभएर आफ्नै देशको श्रोतबाट उत्पादन भएको उर्जालाई सम्पूर्ण उर्जाको क्षेत्रमा प्रयोग गर्ने र डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनिकरण गर्न सक्नुपर्छ ।
यस्तै नीजि क्षेत्रले एउटा निश्चित समयसम्म चलाउने शर्तमा निर्माण गरेपछि त्यतिको लागि मात्र भौतिक संरचना बन्नु नहुने बताउँदै उनले त्यस्ता संरचनाबाट सरकार र स्थानीय जनताले दीर्घकालसम्म लाभ लिन सक्ने बनाउल जोड दिनुपर्ने बताइन् ।

शनिबार, ०२ साउन, २०७८, दिउँसोको ०३:११ बजे

सम्बन्धित खवर