महतो र ठाकुर आलीलाई भेट्न बालकोट, सरकारलाई विश्वासको मत नदिने सहमति

२ श्रावण, काठमाडौँ/  समाजबादी पार्टीका महतो र ठाकुर एमाले अध्यक्ष केपी आलीलाई भेट्न बालकोट, सरकारलाई विश्वासको मत नदिने सहमति भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताबीच बालकोटमा छलफल भएको छ । एमाले अध्यक्ष ओलीहरु भेट्न जसपा नेताहरू बालकोट पुगेका थिए ।

जसपा अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा बालकोट पुगेका हुन् ।

भेटमा आगामी संसद अधिवेशन, प्रधानमन्त्रीलाई दिने विश्वासको मतलगायतका विषयमा छलफल भएको बताइएको छ ।

साथै नयाँ प्रधानमन्त्री चयन भएपछि सत्ता सहकार्य गरेका दुई दलबीच आगामी रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।

शनिबार, ०२ साउन, २०७८, दिउँसोको ०३:३६ बजे

सम्बन्धित खवर