जसपाको संसदिय दलको बैठकमा १७ जना सहभागी : पाँच जनाले परित्याग गरे ठाकुर – महतो गुट

बैकल्पिक खवर

जनता समाजवादी पार्टीको संसदिय दलको बैठकमा १७ साम्सद सहभागी भएका छन । आज बसेको संसदिय दलको बैठकमा ठाकुर पक्षमा लागेका चार महिलासहित पाँचजना सांसदले सो समुह परित्याग गरि सहभागीता जनाएका हुन । उनिहरुको सहभागीता संगै जसपाको( भट्टराई – यादव पक्षको) संसदिय दलमा पनि बहुमत पुगेको छ ।

ठाकुर पक्षका रहेका पाँच सांसदले पार्टीको आधिकारिक लाइनमा फर्किने निर्णय गर्दै बैठकमा सहभागी भएको जसपा नेता मोहमद इस्तियाक राईले जानकारी दिनुभएको छ । पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा चलिरहेका बेला ठाकुर – महतो पक्षमा रहेका साम्सदहरु जसपामा फर्किएका हुन।

यसअघि ठाकुर पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज आज यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका हुन् । जसपाका ३० जना सांसदमध्ये यसअघि ठाकुर पक्षमा २० जना थिए । पाँच जनाले सो समूह परित्याग गरेसंगै जसपाको संसदीय दलमा पनि बहुमत पुगेको छ।

ठाकुर- महतोले लोकतन्त्रको हत्या गर्न खोजेकाले आफूहरुले सो समूह परित्याग गरेको संसद साहले बताउए। यता ठाकुर पक्षले आफुहरु अल्पमतमा परेको स्विकार्दै त्यसले आफुहरुलाई कुनै असर नपर्ने जनाएको छ ।

शनिबार, ०२ साउन, २०७८, साँझको ०६:३२ बजे

सम्बन्धित खवर