दुई महीनापछि कोरोनाबाट एकको मृत्यु

कोरोनाभाइरसको सङ्क्रमणबाट दुई महीनापछि एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। यसअघि कोरोना सङ्क्रमणबाट वैशाख २४ गते एक जनाको मृत्यु भएको थियो।
त्यसयता कोरोना सङ्क्रमणबाट कसैले ज्यान गुमाउनुपरेको थिएन। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५३ पुगेको छ।
त्यस्तै, आइतबार थप १३५ जनामा कारोना देखिएको छ। देशभर तीन हजार ४१ स्वाब परीक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज ५९ जना निको भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या एक हजार ४३९ पुगेको छ।

आइतबार, ०१ साउन, २०७९, दिउँसोको ०४:१७ बजे

सम्बन्धित खवर